एक अर्ब ५७ करोड राजश्व सङ्कलन « Khabarhub

एक अर्ब ५७ करोड राजश्व सङ्कलन


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– आन्तरिक राजश्व कार्यालय कैलालीले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालय दिएको जानकारीअनुसार चालू आवको चार महिनामा अन्तःशुल्कबाट रु ४२ करोड ३३ लाख ५७ हजार सङ्कलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १० करोड ३० लाख एक हजार गरेको छ ।

त्यस्तै घरभाडा करअन्तर्गत रु दुई करोड ६८ लाख ८२ हजार, स्वास्थ्य करमा रु दुई करोड पाँच लाख ५७ हजार र शिक्षा सेवाअन्तर्गत रु एक लाख ५० गरी रु एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको कार्यालयप्रमुख चन्द्रकुमार श्रेष्ठले बताए ।

चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ३० प्रतिशत राजश्व सङ्कलन भएको प्रमुख श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार चालू आवको पहिलो वर्ष चार महिनाको अवधिमा रु एक अर्ब ६१ करोड दुई लाख ९७ हजार राजश्व सङ्कलन लक्ष्य तोकिएको थियो । तर, चालू आर्थिक वर्षको पहिलो चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकिएको उनको भनाइ छ ।

चालू आर्थिक वर्षको चार महिनाको अवधिमा राजश्व सङ्कलन लक्ष्य पूरा नभए पनि आर्थिक वर्षको अन्त्यसम्ममा तोकिएको लक्ष्यअनुरुप नै सङ्कलन हुने श्रेष्ठको जिकिर छ । आन्तरिक राजश्व कार्यालयका अनुसार विगतका वर्षहरूमा अन्तःशुल्क बढी उठ्ने गरेको भए पनि चालू आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर बढी सङ्कलन भइरहेको छ ।

आन्तरिक राजश्व कार्यालय कैलालीलाई गत आर्थिक वर्षको तुलनामा चालू आव २०७६/७७ मा दोब्बरभन्दा बढी लक्ष्य तोकिएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्षमा रु पाँच अर्ब १५ करोड राजश्व सङ्कलनको लक्ष्य दिइएको छ । कार्यालयले गत आव २०७५/७६ मा रु दुई अर्ब ४२ करोड राजश्व सङ्कलनको लक्ष्य पाएकामा रु तीन अर्ब ७२ करोड (१५४ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ३ : २१ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल