नेपाललाई आठ अमेरिकी सांसदको पत्र– तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगरियोस् « Khabarhub

नेपाललाई आठ अमेरिकी सांसदको पत्र– तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगरियोस्


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका आठ सदस्यले नेपाललाई पत्र लेखेका छन् । उनीहरुले तिब्बती शरणार्थीहरुको मानव अधिकारको पूर्ण रक्षा गर्न आह्वान गर्दै पत्र पठाएका छन् ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीलाई पत्र लेख्दै उनीहरुले तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगर्न आग्रह गरेका हुन् ।

सेप्टेम्बर ५ मा तिब्बतबाट नेपाल प्रवेश गरेका ६ तिब्बतीलाई चिनियाँ अधिकारीहरुको जिम्मा लगाएको भन्दै अमेरिकी सांसदहरुले विरोध जनाएका हुन् ।

तिब्बतीलाई चिनियाँ अधिकारीको जिम्मा लगाएर नेपालले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी (यूएनएचसीआर)सँगको सहमति उल्लंघन गरेको उनीहरुले आरोप लगाएका छन् ।

टम लान्टोस ह्युमन राइट्स कमिसनका सहअध्यक्ष जेम्स पी म्याकगभर्न र क्रिस्टोफर एच स्मिथका साथमा माइकल टी म्याक्कउल, इलियट एल एन्जेल, डेविड ई प्राइस, वर्न बुकानन, प्रमिला जयपाल र स्टिभ चाबोटले राजदूत डा. कार्कीलाई पत्र पठाएका हुन्

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि तिब्बती शरणार्थीको सम्भावित प्रदर्शनलाई रोक्न प्रहरीले गरेको धरपकडप्रति उनीहरुले आपत्ति जनाएका छन् ।

त्यस्तै, नेपाल र चीनबीच हुने भनिएको सुपुर्दगी सन्धिप्रति पनि उनीहरुले चासो देखाउँदै नेपाललाई यस्ता सन्धिप्रति सतर्क रहन सुझाव दिएका छन् । सी चिनफिङको भ्रमणका क्रममा सुपुर्दगी सन्धि नभएको विषयलाई उनीहरुले स्वागत गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : १० बजे

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल

संसद्‍बाट चर्को आलोचना : नागरिक सीमा जोगाउन लडिरहँदा सरकार र सेना रमिता हेरेर बसे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले

राष्ट्रियसभाको बैठक सुरू

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा

ड्युटीमा फर्किए महानगर प्रहरी, जथाभाबी पार्किङ गरेका सवारी हटाउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू ड्युटीमा फर्किएका छन् ।  गणेश नेपालीको