दिन मिल्ने सूचना नलुकाउनुस्ः आयुक्त तिम्सिना « Khabarhub

दिन मिल्ने सूचना नलुकाउनुस्ः आयुक्त तिम्सिना


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदादेवी तिम्सिनाले सूचना अधिकारीहरुले दिनमिल्ने सूचनाहरु दिनुपर्ने बताएकी छिन् ।

सूचना अधिकारीहरुले दिनमिल्ने सूचनासमेत नदिइने गुनासा बढेको आयुक्त तिम्सिनाले बताइन् । राष्ट्रिय सूचना आयोगद्वारा पाल्पाको तानसेनमा आयोजित सूचनासम्बन्धी अन्तरक्रियामा स्थानीय तहका महिला उपप्रमुख तथा उपाध्यक्षलाई सूचना नदिएको गुनासो बढेको उनले बताइन् ।

उनले सूचनाको आदनप्रदान गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताइन् । कार्यक्रममा पाल्पामा प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले नागरिकले सूचना पाउने अधिकार कार्यान्वयन गर्न तयार रहेको बताए ।

जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासनीले सूचना आदानप्रदान गरी सुशासन कायम गर्नुपर्ने बताए । उनले जिल्लास्थित सरकारी कार्यालयले तीन–तीन महिनामा सूचना अधिकारीसँग बैठक बसी कार्यक्रम सार्वजनिक गर्दै आएको र आगामी दिन पनि त्यसलाई निरन्तरता दिइने बताए ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की लगायतले सूचना प्राप्तिको अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : ४५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु