भारतसँगको सीमा क्षेत्रमा प्रहरीको ‘डग स्नेफिङ’ « Khabarhub

भारतसँगको सीमा क्षेत्रमा प्रहरीको ‘डग स्नेफिङ’


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– रामजानकी बिवाह पञ्चमी महामहोत्सवलाई लक्षित गरी जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सीमा क्षेत्रमा आवत-जावत गर्नेहरुमाथि कडा निगरानी गरिएको धनुषा प्रहरीले जनाएको हो।

आइतबार दिउँसो प्रहरीले धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ तुलसियाहीस्थित नेपाल–भारत सीमान नाकामा आवत–जावत गर्नेमाथि चेकजाँच गरेको जनाएको छ ।

प्रदेश नम्बर २ केनाईन शाखा लालगढबाट हेन्डलर सहितको ‘डग स्नेफिङ’ टोली समेत परिचालन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय फुलगामा प्रहरी नायव निरीक्षकको ४ जना, प्रहरी चौकी तुलसियाहीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ गरी जम्मा ७ जना र  सिमा सुरक्षा बल फुलगामाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जना समेतको टोलीले चेकजाँच गरेको थियो ।

टोलीले भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवत–जावत गर्ने सवारी साधन, पैदल यात्रीहरुलाई संयुक्त रुपमा चेकजाँच गरेको हो । यही मंसिर १५ गते जनकपुरको जानकी मन्दिरमा विवहा पञ्चमी धुमधामका साथ मनाइँदै छ । विवाह पञ्चमीको तयारी तीव्र पारिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ८ : ५० बजे

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६