कृषकले अलैँचीको लागत उत्पादन पनि पाएनन् | Khabarhub Khabarhub

कृषकले अलैँचीको लागत उत्पादन पनि पाएनन्


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् । जिल्लामा उत्पादित दुई हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये आम्दानी गरेका हुन् ।

गत वर्षभदा यस वर्ष रु चार करोड पाँच लाख बढी आम्दानी जिल्लाका कृषकले गरेका छन् । गत वर्ष उत्पादित ७५० क्विन्टल बिक्रीबाट कृषहरुले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

यहाँका कृषकले १३ करोड रुपैयाँसम्म आम्दानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा उत्पादित ६ सय क्विन्टल बिक्रीबाट चार करोड ४८ लाख रुपैयाँ आम्दानी भएको थियो ।

जिल्लामा यस वर्ष सबैभन्दा बढी अलैँची उत्पादन गरेका दोर्दी गाउँपालिका–८ खिम्चोकका कृषक मनबहादुर तामाङले आठ क्विन्टल अलैँची उत्पादन गरे ।

केही वर्षअघि अलैँची व्यवसायमा हौसिएका कृषकले विस्तारै राम्रो आम्दानी गर्न नसकेपछि निराश बन्दै गएका बेला यस वर्ष राम्रो आम्दानी भएपछि केही आशा जागेको उनले बताए ।

उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अध्यक्ष अजय तामाङले जानकारी दिए । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो दुई हजार २ सय रुपैयाँसम्म अलैँची दाना बिक्री गरेका थिए । तर त्यसयता सो रकमको आधा मूल्यसमेत पाउन सकेका छैनन् ।

यस वर्ष प्रतिकिलो ६ सय रुपैयाँका दरले अलैँची बिक्री गरेका छन् । अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो एक हजार हुनुपर्ने माग गर्दै आए पनि यो मूल्यमै अलैँची बिक्री गर्न बाध्य हुँदै आएका छन् ।

उनले जिल्लामा ७ सय मिटरदेखि एक हजार २ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २ सय मिटरदेखि एक हजार ६ सय मिटर उचाइमा गोलशाही र एक हजार ६ सयदेखि दुई हजार २ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको जानकारी दिए ।

जिल्लामा एक हजार ५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ ।

जिल्लामा एक नगरपालिका र चार गाउँपालिकालाई अलैँची जोन क्षेत्रसमेत घोषणा गरिएको छ । बेँसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, क्व्होलासोथर गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका अलैँची जोन क्षेत्र रहेका छन् ।

जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । कृषकहरु मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् ।

गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ७ : १९ बजे

इजरालयद्वारा ‘प्यालेस्टिनी पेले’को हत्या, मोहम्मद सालाहले उठाए युईएफएमाथि गम्भीर प्रश्न

काठमाडौं- लिभरपुलका स्टार फुटबलर मोहम्मद सालाहले ‘प्यालेस्टिनी पेले’ का रुपमा

बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने

ढाका– बङ्गलादेशको अन्तरिम सरकारले फेब्रुअरीमा हुने आगामी आम निर्वाचनको समयमा

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक

शिक्षा विधेयकमा निजी विद्यालयको विरोध, माग पुरा नभए आन्दोलनमा उत्रिने 

काठमाडौं– सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण

काठमाडौं– सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन