एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु | Khabarhub Khabarhub

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो ।

ठक्करबाट एम्बुलेन्स चालकसहित चार घाइते भएका र घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : ३६ बजे

युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल

काठमाडौं – रुस र अमेरिकाको वार्ता हुनुअघि नै युक्रेन वार्ताको

रसुवा बाढी : ९८ करोड ५९ लाख बीमा दावी

काठमाडौं – गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा

छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की– पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित

कोशी र गण्डकीका केही स्थानमा भारी वर्षा !

काठमाडौं–  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको

एएफसी यु–२० महिला एसियन कप : नेपाल आज उत्तर कोरियासँग खेल्दै

काठमाडौं– नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । एएफसी