नेपथ्य यात्रा: मेलबर्नको मञ्चबाट शुक गुरुङको बिदाइ « Khabarhub

नेपथ्य यात्रा: मेलबर्नको मञ्चबाट शुक गुरुङको बिदाइ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न – सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चमा हाउसफुल दर्शकका बीच ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बित्तिकै अमृत गुरुङ टक्क रोकिए ।

एकछिन रोकिएपछि अमृतले भने – ‘नेपथ्यले एउटा साथी गुमाएको छ, एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए, म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु, उनको आत्मालाई शान्ति मिलोस् ।’

चर्चित रचनाकार शुक गुरुङको आइतवार निधन भएको थियो । मिर्गौला रोगबाट ग्रसित शुकको निधनको खबरले आफू स्तब्ध भएको अमृत गुरुङले सामाजिक सञ्जालमा आइतवार नै लेखिसकेका थिए ।

‘शुक जीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए,’ अमृतले भने, ‘उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन् ।

मेलबर्नको कार्यक्रममा पृष्ठभूमिमा शुक र अमृतको तस्वीर देखाइएको थियो । अमृतले त्यही तस्वीरतिर फर्किएर नमस्ते गरे र भने, ‘हार्दिक श्रद्धान्जली शुक गुरुङ ।’

खचाखच उपस्थित दर्शक भावुक बने । अमृतले अगाडि थपे, ‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनुपर्छ, आउनुस् हाम्रा लागि र तपाइहरु सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै शुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔं ।’

लगत्तै अमृतले गाउन थाले – छेक्यो छेक्यो देेउराली डाँडा ।

त्यसपछि नेपथ्यले ‘तालको पानी’ गीत गायो । त्यसपछि अन्य गीत ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य सहभागिता रहेको हलमा दर्शकले नेपथ्यका गीत सुन्न पाउँदा खुशी देखिएका थिए । कति दर्शकले टिकट नपाउँदा निराश भएर फर्किनुपरेको थियो ।

नेपथ्यको टिममा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझी छन् ।

मेलबर्नको प्रस्तुतिसँगै नेपथ्यको यस वर्षको अष्ट्रेलिया यात्रा सकिएको छ। ब्याण्डको यो पाँचौं अष्ट्रेलिया यात्रा हो । ब्याण्ड, व्यवस्थापन तथा प्राविधिकसहितको १२ सदस्यीय टोली मंगलबारै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : १४ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड