जब काट्दा काट्दैको बर्थ डे केक चोरर बाँदर रुखमा चढ्यो (भिडियो सहित) | Khabarhub Khabarhub

जब काट्दा काट्दैको बर्थ डे केक चोरर बाँदर रुखमा चढ्यो (भिडियो सहित)


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहि चिडियाखानामा जाँदा बाँदरले मानिसको ब्यवहारको नक्कल गरेको पक्कै देख्नु भएको होला ।

अझ शहर बजारका मन्दिर र बाटोमा रहने बाँदरले मानिसको हातबाट सामान चोरेर भागेको समेत देखेका छौ ।

तर कुनै बाँदरले जन्मदिन मनाउदै गरेका मानिसका बिचबाट केक नै चोरेर भागेको पक्कै सुन्नु वा देख्नु भएको छैन होला ।

भारतको कर्नाटक राज्यका एक युवालाई आफ्नो जन्मदिन मनाउने नयाँ जुक्ति फुर्यो । धेरै पटक घरमा जन्मदिन मनाएकोले यस पटक उनी जंगलमा केक काटेर आफ्नो बर्थ डे मनाउन चाहान्थे ।

सोहि अनुसार उनले आफ्ना साथिभाईलाई जंगलमा नै बोलाए । साथै जंगलमा केक तथा अन्य सामाग्रि बोकेर पुगे । जंगलमा माहौल निकै रमाइलो थियो । साथिहरुले जन्मदिनको शुभकामना दिदैं हैप्पी बर्थ डे गीत गाउन थाले र ति युवा केक काटेर एक टुक्रा आफ्नो साथिलाई ख्वाउन तयार भए ।

यतिकैमा पछाडिबाट एउटा सानो बाँदरको बच्चा आएर उनको पूरै केक चोरेर सरासर रुखमा चढ्यो । बाँदरले केक चोरेपछि साथिहरु खोस्न खोज्छन् तर बाँदर रुखको टुप्पोमा पुगि सकेको हुन्छ ।

बाँदर यति छिटो भाग्छ कि केक बचाउन पाउदैनन् । त्यसपछि ती युवाका साथिहरु हाँस्दछन् । यो भिडियो अहिले निकै भाइरल बनेको छ । बर्थ डे मनाउन जंगलमा केक काट्न पुगेका युवाले केक खान नपाएपनि बाँदरले भने आफ्नो साथिसंग चोरेको केक बाडेर खाएको छ ।

जे होस् ति युवालाई यस पटकको जन्मदिन सदैव स्मरण रहने छ ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : ३२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको