नियम मिचेर गर्भपतन गराउँदै निजी स्वास्थ्य संस्था « Khabarhub

नियम मिचेर गर्भपतन गराउँदै निजी स्वास्थ्य संस्था


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क– अर्घाखाँचीमा असुरक्षित गर्भपतन बढिरहेको देखिएको छ । नेपाल सरकारको सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भए पनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिइरहेका पाइएको हो ।

सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलिक्लिनिक र फार्मेसीमा अनुगमन गर्दा नियमविपरीत कार्य सञ्चालन गरेको भेटिएको हो । नियमविपरीत मेडिकल र पोलिक्लिनिकले गर्भपतन सेवा दिने, बेच्न नहुने औषधि बिक्री गर्ने भेटिएको अर्घाखाँची अस्पतालका डा कपिल गौतमले बताए । मेडिकलमा गएर गर्भपतनको औषधि खाने र रक्तश्राव भएपछि मात्र सफा गर्न अस्पताल आउने गरेको उनले बताए ।

अर्घाखाँची अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतनको सेवा भए पनि महिला निजी मेडिकलमा गएर गर्भपतन गराउन औषधि सेवन गर्ने गरेको पाइएको छ । साउन, भदौ र असोज गरी तीन महिनामा अर्घाखाँची अस्पतालमा गर्भपतन गराएका ५६ मध्ये ३६ जना मेडिकलको औषधि सेवन गरेर सफा नभएपछि मात्र जिल्ला अस्पताल गएका छन् ।

मेडिकलमा अवैधानिक तवरबाट औषधि खाने र रक्तश्राव नरोकिएर शरीरमा रगत सकिएपछि मात्र आउने गर्नेको सङ्ख्या अधिक रहेको डा गौतमले बताए । त्यस्ता महिलाको ज्यानैसमेत जोखिममा हुने गरेको छ ।

स्वास्थ्यको सेवा र प्रदान गरिने सेवाको मूल्यसूची राख्नुपर्ने भए पनि मूल्यसूची नराखिएको, अर्कैको नाममा रहेको मेडिकल सञ्चालन गरेको, लाइसेन्सधारी व्यक्ति नभएर अर्कैले औषधि बेच्ने गरेको, फार्मेसी पास गरेकाले मात्र औषधि बेच्नुपर्ने नियम भए पनि सबै स्वास्थ्यकर्मीले औषधि बेच्ने गरेको भेटिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पूर्ण पराजुलीले बताए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै