विप्लवका उच्च नेताहरु निगरानीमा, पार्टीबाट एक्लिए प्रकाण्ड ! | Khabarhub Khabarhub

विप्लवका उच्च नेताहरु निगरानीमा, पार्टीबाट एक्लिए प्रकाण्ड !


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज चैत १० गते । आज प्रकाशित कान्तिपुर दैनिकले चन्द समूहका वलीसहित ९ पक्राउ परेको भन्दै उच्च नेताहरु निगरानीमा शीर्षकको समाचार पहिलो पृष्ठमा प्रमुखताका साथ प्रकाशन गरेको छ ।

त्यसै गरि विद्यार्थीसँग व्याजसमेत असुली, १८७० ठाउँमा डढेलो, एसईईको परीक्षा लगायका समाचारलाई प्राथमिकताका साथ कान्तिपुरले प्रकाशन गरेको छ ।

कान्तिपुर दैनिकका अनुसार विप्लव समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली सुदर्शन सहित नौ जनालई पक्राउ गरेसँगै अन्य उच्च नेतामाथि प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीले चन्दसहित पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा र पश्चिम र सुदूरुपश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोलासहितका नेतामाथि निगरानी बढाएको छ । त्यस्तै खड्गवहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एकि्लएको कान्तिपुरको समाचारमा उल्लखे गरिएको छ ।

सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारी विहीन बनाइएका छन् ।
सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो ।

लगत्तै कपिलवस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो । स्रोतअनुसार त्यसपछि दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्‍यो ।

विश्वकर्माले रिहाइका लागि सत्तापक्ष र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गुहारेको भन्दै चर्को आलोचना भयो । विश्वकर्माले अखिल क्रान्तिकारीका विद्यार्थी अध्यक्ष चिरञ्जीवी ढकालमार्फत नेता भट्टराईसमक्ष पहल गरिदिन अनुरोध गरेको बताइएको छ ।

भट्टराईले संघीय संसद्मा विश्वकर्माको रिहाइका लागि सरकारसँग माग गरेका थिए । रिहाइपछि पक्राउ हुन नदिन राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक न्यायालय पुगेका थिए । ‘पार्टीलाई कुनै जानकारी नदिई विश्वकर्माले सरकारसँग वार्ता गर्ने कुरा गरे, यो पार्टीको निर्णय थिएन । उनी आफैंले सरकारसँग के के गरे, पार्टीलाई जानकारी थिएन,’ स्थायी कमिटीका एक सदस्यले कान्तिपुरसँग भने, ‘त्यसपछि उनका गतिविधिप्रति स्थायी कमिटीमा चर्को बहस भयो । हाल उहाँ शंकाको घेरामा हुनुहुन्छ । महासचिवसँग सम्पर्कमा हुनुहुन्न ।’ हाल उपत्यकामै रहेका विश्वकर्मा निष्क्रिय जस्तै छन् ।

ती सदस्यका अनुसार विश्वकर्मालाई विज्ञप्ति जारीलगायतका काम नगर्न निर्देशन दिइएको छ । फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोटपछि महासचिव चन्दले आफैं विज्ञप्ति निकालेर त्यसको जिम्मा लिएका थिए ।

नेपाल बन्द आहवान गर्दै फागुन २४ गते जारी विज्ञप्तिमा पनि चन्दले नै हस्ताक्षर गरेका थिए । चैत ५ गते काभ्रेबाट कार्यकर्ता पक्राउ परेपछि मध्यकमान्डइञ्चार्ज हेमन्तप्रकाश वलीले विज्ञप्ति निकाले ।

चन्दको उदारता र इमानदारिताको फाइदा लिँदै पार्टी कब्जा गर्ने रणनीति विश्वकर्माले लिएको स्थायी कमिटीका एक सदस्यले भने । ‘विश्वकर्माले दुई लाइन संघर्ष चलाउन खोजेका छन्, त्यो सफल हुँदैन,’ उनले भने ।

करिब दुई वर्षदेखि मध्यकमान्ड इञ्चार्जलगायत आर्थिक विभागको प्रमुख जिम्मेवारी विश्वकर्माले सम्हाल्दै आएका थिए । आर्थिक रूपमा अपारदर्शी भएको भन्दै उनीप्रति स्थायी कमिटीमा चर्को आलोचना भएको समेत ती सदस्यले जानकारी दिए । ‘पहिले स्थायी कमिटीमा विश्वकर्माले ल्याएका सबै एजेन्डा पास हुन्थे, यस पटक कुनै पनिपास भएन,’ उनले भने, ‘उहाँले आफ्नो अवमूल्यन भएको महसुस गर्नुभएको छ, पार्टीले कुनै जिम्मेवारी दिएको छैन ।’

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : ११ बजे

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे