पीएचडीको लक्ष्य राख्ने शान्ता छोरीसँग एसईई दिँदै | Khabarhub Khabarhub

पीएचडीको लक्ष्य राख्ने शान्ता छोरीसँग एसईई दिँदै


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– एसईई परीक्षा आजबाट मुलुकभर शुरु भएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक प्रदेश सरकारको समन्वयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) भएको हो ।

परीक्षाको पहिलो दिन अहिले विद्यार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । यस पटकाको परीक्षामा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीसमेत सहभागी भएकी छिन् ।

पीएचडी गर्ने लक्ष्य राखेकी शान्ताले परीक्षा दिनुपूर्व आफ्नो फेसबुकमा प्रवेशपत्र सहितको तस्वीर राख्दै हर्षित मुद्रामा देखिएकी छिन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराहीमा कक्षा ८ मा भर्ना भएकी चौधरीले यसपाली आफ्नी १७ वर्षीय छोरीसँगै परीक्षा दिइरहेकी छिन् ।

शान्ता चौधरी ०६४ सालको संविधानसभामा सभासद् रहेकी थिइन् भने अहिले पनि संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्य समेत रहेकी छन् । उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की संसदीय दलकी सचेतक समेत हुन् ।

चौधरीको ‘कमलरीदेखि सभासद्’सम्म नामक पुस्तक निकै चर्चित बनेको थियो । उक्त पुस्तकमा उनले गरेका जीवन संघर्षका पाटाहरुलाई समेटिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ५२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित