नेयमार टिममा नरहेको खेलमा ब्राजिलको बराबरी « Khabarhub

नेयमार टिममा नरहेको खेलमा ब्राजिलको बराबरी


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी— पाँच पटकको विश्वकप विजेता ब्राजिलले अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा पानामासँग बराबरी खेलेको छ । शनिबार राति पानामाविरुद्धको खेलमा ब्राजिलले १—१ गोलको बराबरी खेलेको हो ।

विश्व फुटबल महासंघ फिफाको तेस्रो नम्बरको बरियतामा रहेको ब्राजिलविरुद्ध ७६ औं बरियतामा रहेको पानामाले उत्कृष्ट प्रदर्शन गर्दै बराबरी खेल्यो ।

स्टार खेलाडी नेयमार बिना मैदान उत्रिएको ब्राजिलले उनको अनुपस्थितिमा खासै राम्रो प्रदर्शन गर्न सकेन । खुट्टामा चोट लागेका कारण नेयमार अहिले आराम गरिरहेका छन् । नेयमार टिममा नहुँदा ब्राजिलले पानामासँग बराबरी खेल्नु परेको विभिन्न समाचारहरुमा उल्लेख छ ।

खेलमा सुरुआती अग्रता लिएको ब्राजिलका लागि टोलेन्टिनो कोइलहो डे लिमाले ३२ औं मिनेटमा गोल गर्दै पानामालाई पछि पारेको थिया । तर, ब्राजिलले अग्रता लिएको ४ मिनेट नबित्दै ३६ औं मिनेटमा पानामाका एडोल्फ माचाडोले गोल फर्काएपछि पानामा र ब्राजिलले पहिलो हाफमा १—१ गेल बराबरी खेलेका थिए ।

दोस्रो हाफमा ब्राजिलले पानामामाथि दबाब राखेपनि पानामाको रक्षापङ्तीलाई छिचोल्न नसक्दा खेल १–१ को बराबरीमा सकियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १० : ०० बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।