नेयमार टिममा नरहेको खेलमा ब्राजिलको बराबरी « Khabarhub

नेयमार टिममा नरहेको खेलमा ब्राजिलको बराबरी


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी— पाँच पटकको विश्वकप विजेता ब्राजिलले अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा पानामासँग बराबरी खेलेको छ । शनिबार राति पानामाविरुद्धको खेलमा ब्राजिलले १—१ गोलको बराबरी खेलेको हो ।

विश्व फुटबल महासंघ फिफाको तेस्रो नम्बरको बरियतामा रहेको ब्राजिलविरुद्ध ७६ औं बरियतामा रहेको पानामाले उत्कृष्ट प्रदर्शन गर्दै बराबरी खेल्यो ।

स्टार खेलाडी नेयमार बिना मैदान उत्रिएको ब्राजिलले उनको अनुपस्थितिमा खासै राम्रो प्रदर्शन गर्न सकेन । खुट्टामा चोट लागेका कारण नेयमार अहिले आराम गरिरहेका छन् । नेयमार टिममा नहुँदा ब्राजिलले पानामासँग बराबरी खेल्नु परेको विभिन्न समाचारहरुमा उल्लेख छ ।

खेलमा सुरुआती अग्रता लिएको ब्राजिलका लागि टोलेन्टिनो कोइलहो डे लिमाले ३२ औं मिनेटमा गोल गर्दै पानामालाई पछि पारेको थिया । तर, ब्राजिलले अग्रता लिएको ४ मिनेट नबित्दै ३६ औं मिनेटमा पानामाका एडोल्फ माचाडोले गोल फर्काएपछि पानामा र ब्राजिलले पहिलो हाफमा १—१ गेल बराबरी खेलेका थिए ।

दोस्रो हाफमा ब्राजिलले पानामामाथि दबाब राखेपनि पानामाको रक्षापङ्तीलाई छिचोल्न नसक्दा खेल १–१ को बराबरीमा सकियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १० : ०० बजे

कांग्रेस सभापति थापा सर्लाहीमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन्

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो भागको बाघ गणना सकियो

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको