मन्त्रीको पर्खाइमा अध्यागमन कार्यालय « Khabarhub

मन्त्रीको पर्खाइमा अध्यागमन कार्यालय


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– सीमा नाका पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना भए पनि उद्घाटन हुन नसक्दा अझै कामकाज शुरु भएको छैन ।

उक्त कार्यालयका लागि सरकारले आठ कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ । कार्यालय प्रमुखको जिम्मेवारी पाएका अध्यागमन अधिकृत गणेश मिश्र कार्यालयको व्यवस्थापनमा खटिएका छन् । अध्यागमन कार्यालय नहुँदा भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या पत्ता लाग्न मुस्किल थियो ।

भारतलगायत तेस्रो देशका पर्यटकलाई इलाम भित्र्याउन अध्यागमन कार्यालय अत्यावश्यक भएकोे जिल्लाका सरोकारवालाको भनाइ थियो । सीमामा नेपालले अध्यागमन कार्यालय स्थापना गर्दैमा सबै समस्या समाधान नहुने भएकाले भारतले समेत सीमामा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

भारतलाई समेत सीमामा अध्यागमन कार्यालय स्थापना गराउन परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको अध्यागमन अधिकृत मिश्रले जानकारी दिए । उक्त कार्यालयले तेस्रो देशका नागरिकलाई प्रवेशाज्ञा र प्रस्थानको अनुमति प्रदान गर्नेछ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  २ : १२ बजे

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको