मन्त्रीको पर्खाइमा अध्यागमन कार्यालय « Khabarhub

मन्त्रीको पर्खाइमा अध्यागमन कार्यालय


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– सीमा नाका पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना भए पनि उद्घाटन हुन नसक्दा अझै कामकाज शुरु भएको छैन ।

उक्त कार्यालयका लागि सरकारले आठ कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ । कार्यालय प्रमुखको जिम्मेवारी पाएका अध्यागमन अधिकृत गणेश मिश्र कार्यालयको व्यवस्थापनमा खटिएका छन् । अध्यागमन कार्यालय नहुँदा भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या पत्ता लाग्न मुस्किल थियो ।

भारतलगायत तेस्रो देशका पर्यटकलाई इलाम भित्र्याउन अध्यागमन कार्यालय अत्यावश्यक भएकोे जिल्लाका सरोकारवालाको भनाइ थियो । सीमामा नेपालले अध्यागमन कार्यालय स्थापना गर्दैमा सबै समस्या समाधान नहुने भएकाले भारतले समेत सीमामा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

भारतलाई समेत सीमामा अध्यागमन कार्यालय स्थापना गराउन परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको अध्यागमन अधिकृत मिश्रले जानकारी दिए । उक्त कार्यालयले तेस्रो देशका नागरिकलाई प्रवेशाज्ञा र प्रस्थानको अनुमति प्रदान गर्नेछ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  २ : १२ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने