विश्वभर एकै समयमा सामूहिक भावातीत ध्यान गरिने | Khabarhub Khabarhub

विश्वभर एकै समयमा सामूहिक भावातीत ध्यान गरिने


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामूहिक चेतना अभिवृद्धिका लागि आइतबार साँझ ५ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरुचेला रम्पराबाट चल्दै आएको सो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गरेका थिए । भावातीत ध्यान आज महर्षि अभियान लागू भएका १९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिने भएको छ ।

विश्व शान्तिका लागि विश्भर एकसाथ ध्यान र सिद्धि कार्यक्रम आयोजना गरिएको नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिए ।

विश्वका करीब एक करोड भावातीत ध्यानीले बिहान बेलुका आफ्नो अनुकूलानुसार दुई पटक ध्यान गर्ने गरेकामा सामूहिक चेतना अभिवृद्धिका लागि बेला बेलामा एकसाथ ध्यान र सिद्धि कार्यक्रम गरिन्छ । नेपालका ८२ गुरुकूल, एक दर्जन विद्यालय र पाँच ध्यान केन्द्रमा साँझ ५ बजेदेखि ध्यान तथा ५ बजेर २० मिनेटदेखि सिद्धि सूत्र अभ्यास गरिँदै आएको फाउण्डेशनले जनाएको छ ।

भावातीत ध्यान सिकेका साधकले नजीकको ध्यान केन्द्र वा घरमै बसेर पनि ध्यान गरी सामूहिक चेतना वृद्धि अभियानमा सहभागी हुन सक्ने अध्यक्ष बाँस्कोटाले बताए । वैदिक ज्ञान विश्वव्यापी जागरणका लागि नेपालले नेतृत्व गर्न सक्छ भन्ने अभिव्यक्ति महर्षि योगीले दिएकाले उनका अनुयायीले हाल नेपालमा यो कार्यक्रमलाई विस्तार गर्न थालेका छन् । महर्षि योगीले ज्योतिर्मठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीबाट उक्त ध्यान सिकी विश्वभर प्रचार गरेका हुन् ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ३ : १८ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं