आईपीएल क्रिकेट :  मुम्बईविरुद्धको खेल अघि दिल्लीको 'नजर'मा सन्दीप | Khabarhub Khabarhub

आईपीएल क्रिकेट :  मुम्बईविरुद्धको खेल अघि दिल्लीको ‘नजर’मा सन्दीप


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबारदेखि शुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेआवद्ध टोली दिल्ली क्यापिटल्सले आइतबार (आज) खेल्दैछ ।

मूम्बई इन्डियन्ससँग मूम्बईको घरेलु मैदानमा यो सिजनको आफ्नो पहिलो खेल खेल्दै दिल्लीले सिजनको सुरुवात गर्नेछ । तीन पटकको आईपीएल उपाधि विजेता रोहित शर्माको कप्तानीमा रहेको मुम्बईविरुद्ध आईपीएलमा सुखद् सुरुआतको खोजिमा दिल्ली रहेको छ ।

गत सिजनमा समुह चरण पार गर्न नसकेको दिल्ली यो सिजनमा सुखद् सुरुवात गर्दै उपाधि जित्ने दाउमा देखिएको छ । आईपीएलको यो सिजनमा नाम र लोगो नै परिवर्तन गरी दिल्लीले विषेश रुपमा आफ्नो यात्रालाई अगाडि बढाउने तयारी गरिरहेको छ ।

गत सिजनबाट दिल्लीमा आवद्ध भएका नेपाली लेगस्पिनर सन्दीप लामिछाने आजको खेलमा मैदान उत्रेलान् ? यो प्रश्नको उत्तर आम नेपाली क्रिकेट प्रशंसकका लागि चासोको विषय बनेको छ ।

यसअघि, अस्ट्रेलियाको विग बास लिगमा मेलबर्न स्टारबाट लिगको पहिलो खेलमै मैदान उत्रिने अवसर पाएका सन्दीप एसोसियट राष्ट्रबाट यो सिजनमा विग वास लिग खेल्ने पहिलो खेलाडी समेत बनेका थिए ।

त्यस्तै, विश्वभरका ट्वान्टी—२० लिग खेलिरहँदा दिल्लीले सधै सन्दीपलाई पछ्याइरहेको थियो । सन्दीपको प्रदर्शनका कारण आजको खेलमा दिल्लीले सन्दीपलाई मैदानमा उतार्ने सम्भावना अधिक देखिन्छ । तर दिल्लीका अर्का लेग स्पिनर अमित मिश्रा भएका कारण उनी प्लेइङ–११ मा पर्ने सम्भावना कम छ । गत वर्षको सिजनमा पनि अनुभवी अमितकै कारण उनले सुरुवाती खेलमा अवसर पाउन सकेका थिएनन् ।

तर, यस पटक दिल्लीले सुरुवातीमै सन्दीपलाई अवसर दिनु बाध्यता जस्तै बनेको छ । किनकी पछिल्लो एक वर्षमा उनले विश्वभरका प्रतिष्ठित टि–२० फ्रेचाइज लिगहरुमा आफूलाई अब्बल सावित गरिसकेका छन् । त्यसबाहेक दिल्लीका प्रशिक्षक रिक्की पोन्टिङ भएका कारण पनि उनको सम्भाबना अझ बढी देखिन्छ ।

गएको सिजनमा दिल्ली समूह चरणबाट बाहिरिसकेपछि मात्र सन्दीपले टिमका लागि तीन खेल खेल्ने अवसर पाएका थिए । तीन खेलमा उनले ५ विकेट लिएपछि दिल्लीले उनको क्षमताको प्रसंशा गरेको थियो ।

यो सिजनमा दिल्लीले रिटेन गरेका १४ जना खेलाडीमा सन्दीप परेसँगै उनी दिल्लीको पहिलो रोजाईमा पर्ने सम्भावित खेलाडी रुपमा हेरिंदै आएको पाइन्छ ।

त्यतिमात्र नभएर सन्दीपले अस्ट्रेलियामा खेल्दा होस् वा क्यारेबियन प्रिमियर लिग नै किन नहोस् अथवा नेपालकै लागि खेल्दा पनि दिल्लीले उनको खेलको प्रशंसा गर्दै आइरकेको थियो ।

बंगलादेशमा महँगा सावित भएका सन्दीपलाई दिल्लीले सधैँ प्रेरक प्रसंगसहित उत्साह भरिरहँदा आईपीएलमा उनले दिल्लीबाट विषेश स्थान पाउने सम्भावना देखिएको छ । त्यसबाहेक आजमात्रै दिल्लीले सन्दीपको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै लेखेको छ– ‘खेलका लागि अब धैर्य गर्न सकिदैन, समय भइसकेको छ ।’

दिल्लीको टिम
श्रयस अयर कप्तान, आभास खान, बान्दरु आयाप्पा, अंकश बाइन्स, टे«न्ट बोल्ट, शिखर धवन, कोलिन इन्ग्राम, सन्दीप लामिछाने, मन्जोत कलरा, अमित मिश्रा, क्रिस मौरिस, कुलिन मुन्रो, रिसव पन्त, अक्सर पटेल, हर्षल पटेल, केमो पाउल, कागिसो रवडा, शेरभान रुथफोर्ड, जलाज सक्सेना, इशान्त शर्मा, पृथ्वी शाव, नाथु सिंह, राहुल तिवेती, हनुमान विहारी रहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ४ : ०१ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक