संसदमा प्रधानमन्त्रीको सम्वोधन– सरकारले तीव्र गतिमा काम गरिरहेको छ निराश हुनु पर्दैन « Khabarhub

संसदमा प्रधानमन्त्रीको सम्वोधन– सरकारले तीव्र गतिमा काम गरिरहेको छ निराश हुनु पर्दैन


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तिब्र गतिका साथ सकारात्मक बाटोमा अघि बढेको दाबी गरेका छन् ।

संसदको हिउँदे अधिवेशनको अन्तिम बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सक्रियता र गतिशिलताका साथ काम गरिरहेको उल्लेख गरे । ‘यो वर्ष संसद् र सरकारको लागि गतिशिल रह्यो । सरकारले सक्रियता र गतिशिलताका साथ काम गरेको छ । हामी तिब्र गतिका साथ सकारात्मक बाटोमा अघि बढेका छौं ।’

प्रधानमन्त्री ओलीले राजनीतिक हिसावमा ठूला उपलव्धि हासिल गरेको भन्दै तिनलाई संस्थागत गर्दै अघि बढेको बताए ।

समाजमा व्याप्त अपराध, भ्रष्टाचार रोक्ने सन्दर्भमा र समाप्त पार्ने सन्दर्भमा सरकारले ठूलो उपलव्धि हासिल गरेको प्रधानमन्त्रीको दाबी थियो ।
सरकारले भ्रष्टाचार नियन्त्रण र सुरक्षामा उपलव्धि हासिल गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘३३ किलो सुन काण्ड कता हरायो ? भन्ने सुनिन्छ । भ्रष्टाचारको समबन्धमा के भयो ? भ्रष्टारमा धेरै कारवाहीमा परे भ्रष्टाचार त रहेछ नी भन्ने सुन्छि’ प्रधानमन्त्रीले भने,‘त्यसअनुसार नै सरकार बन्ने वित्तिकै सुन तस्करीका कारोबारीहरुलाई गिरफ्तार ग¥यौं । ४६ जनामाथि मुद्दा चल्यो । भारतमा पनि पक्राउ प¥यो, कञ्चनपुरमा जमिनमुनि फेला परेको पनि सुन्नुभएको होला ?’

प्रधानमन्त्रीले जो सुकै भएपनि भ्रष्टाचारिलाई कारवाही गर्ने दाबी गरे ।‘जहाँ भ्रष्टाचार छ त्यसमा कारवाही हुन्छ, जो सुकै होस् त्यसमा कारबाही हुन्छ ढाकछोप हुँदैन ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा सुशासन र विकाश चाहेको र त्यसका लागि अनियमितता ढिलासुस्ती र भ्रष्टाचारजस्ता कुरा सरकारले नसहने बताए ।

सरकारका काम अग्रगामी, विकास निर्माणका कामहरु तिब्र गतिमा भइरहेको भन्दै अहिले निराश बन्नु पर्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले परराष्ट्रनीति छिमेकसम्बन्ध र अन्तर्राष्ट्रिय मामिलामा नेपालको नीति केहो भन्ने स्पष्ट पारेको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाल सार्वभौम सत्ता सम्पन्न स्वाधिन स्वतन्त्र भौगोलिक रुपमा अविभाज्य देश भएको र देशको रक्षा संवर्धन र यथार्थ प्रयोग सरकारको आधारभूत नीति रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले तेस्रो अधिवेशन अत्यन्तै सफल अधिवेशको रुपमा रहेको बताए । संसदबाट १२६ वटा ऐनहरु निर्माण भएको भन्दै प्रधानमन्त्री ओलीले कुनै संसदले सायद एक वर्षमा यति धेरै ऐनहरु पारित गरेको नपाइने भन्दै यो ऐतिहासिक रेकर्ड भएको जनाए । सफलता साथ ऐनहरु बन्नु सफता भएको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ४ : ०३ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट