धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प « Khabarhub

धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाका अनुसार धादिङको नौबिसे केन्द्र भएर बिहान ६ बजेर २९ मिनेटमा ५.२ म्याग्नेच्युटको भूकम्प गएको छ । त्यसको १० मिनेटपछि सोही ठाउँमा केन्द्र बनाएर ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ ।

भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ सालको वैशाख सम्झाएको, वैशाख १२ आउनुअघि नै सूचना दिएको लगायतका स्टाटस लेखिएका छन् ।

दोहोरिएर कम्पन आएपछि उपत्यकाबासी त्रसित भएका छन् । घरमा रहेका सर्वसाधारण पनि घर बाहिर निस्किएका छन् भने अहिले सर्वसाधारणहरु खुल्ला ठाउँ नजिक जान थालेका छन् ।

पहिलो कम्पनको १० मिनेटपछि अर्को कम्पन आएपछि केही त्रास सिर्जना भएको छ ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सामाजिक सञ्जालमार्फत धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प गएको जनाएको छ ।

यो भूकम्प पनि २०७२ वैशाख १२ को परकम्प भएको तिम्सिनाले बताए। वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५ सय भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ४१ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६