आठौं राष्ट्रिय खेलकुद : स्वयमसेवक पनि व्यवस्थापन गर्न सकेन आयोजकले | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुद : स्वयमसेवक पनि व्यवस्थापन गर्न सकेन आयोजकले



बाँके-भव्यताका साथ नेपालगञ्जमा शुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगित आज (बुधबार) विभिन्न कार्यक्रमकाबीच सम्पन्न हुँदैछ । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले समापन गर्ने कार्यक्रम छ ।

नेपाली खेलकुदको महाकुम्भ सम्पन्न भइरहँदा आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सहि तरिकाले व्यवस्थापन गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

प्रतियोगिता तालिका अनुसार गर्नुलाई ठूलो सफलता ठानेको राखेप नेतृत्वले प्रतियोगिता गरेर खेलाडीलाई पदक भिराउँनु नै महान ठानेका छन् । तर, प्रतियोगिताको व्यवस्थापन र पूर्वाधार निर्माणले लिन नसकेको गतिलाई लिएर पनि राखेपको समीक्षा हुनेछ ।

यो प्रतियोगिता आयोजना सम्पन्न गर्न झण्डै १ अर्ब लगानी भएको छ । तर, आयोजकले झारो टार्ने तरिकाले काम गरिरहेको आरोप खेल क्षेत्रका जानकारहरुको छ । नयाँ र ठूला संरचना पाएकोमा खुसी स्थानीय नयाँ बनेका संरचनाको गुणस्तरलाई लिएर चिन्तित छन् ।

प्रतियोगिता व्यवस्थापनको कुरा गर्नु पर्दा सबैको नजरमा पर्छ, पौडी पोखरी । जुन निर्माणको अन्तिमसम्म पुगेर पनि पानी अभावलाई कारण देखाउँदै प्रतियोगिता होटेलमा सारियो ।

यसअघि पौडीको फाइनलका स्पर्धाहरु नयाँ बनाएको पोखरीमा हुने बताइएको थियो । तर, अन्तिममा आएर सबै स्पर्धा निजी होटेलको पौडी पोखरीमा भइरहेका छन् । त्यस्तै, अर्को खेल हो, सुटिङ । जसको पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण खेल तालिकाभन्दा एक दिन पछि खेलाइयो । यस्तै, उद्घाटन समारोहपछि निर्माण काम भइरहेकाले नयाँ बनेको नेपालगञ्ज रंगशालामा बुधबारमात्रै खेल भएका छन् ।

उक्त खेल पछि राखेप पदाधिकारीहरुले सेमिफाइनल खेल खेलाउन सफल भएको बताए पनि मैदानमा लगाएको दुवोलाई लिएर पनि टिका टिप्पणी भइरहेका छन् । तर, यहाँका स्थानीयको प्रत्येक्ष सहभागिता देखिएन् । केही राखेपसँगआवद्ध व्यक्तिहरु बाहेक स्वयंसेवकमा पनि अरु कोही देखिँदैन ।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार खेलकुदका यस्ता ठूला इभेन्ट हुँदा स्थानीयलाई स्वयंमसेवकको रुपमा भएपनि प्रत्यक्ष सहभागी गराइन्छ । यसले उनीहरुलाई अपनत्वको भावना सिर्जना त गराउँछ नै र स्वयंम सेवक बन्ने व्यक्तिहरुका लागि पनि केही सिक्ने अवसर थियो, राष्ट्रिय खेलकुद । यस्तै, प्रतियोगिता व्यवस्थापनमा पनि सहज हुन्छ । तर, यो अवसर सिर्जना हुन नसक्नुलाई राष्ट्रिय खेलकुद परिषद् प्रदेश नम्बर पाँचका अध्यक्ष भीम वली र उप महानगरपालिकाबीचको समन्वयको अभावका रुपमा कतिपयले औल्याइरहेका छन् ।

अध्यक्ष भीम वलीले प्रतियागिता सञ्चालन भइरहँदा व्यवस्थापनमा केही कमजोरी भएको स्वीकारेका छन् । उनले प्रतियोगिता सफलता पूर्वक सम्पन्न भइरहँदा पनि यसबीचमा व्यवस्थापनको विषयमा चुकेको स्वीकार्छन् ।

‘मलाई यो कुरा महसुस भएको छ । हामीले व्यवस्थापनको जिम्मेवारी पुरा गर्न नसकेको विषय मलाई महसुस भइरहेको छ,’ अध्यक्ष वलिले भने,‘हामीले व्यवस्थापनको जिम्मेवारी अन्य निकायलाई सुम्पिएको भए उनीहरुले नै सबै काम गर्न सक्थे । तर, हामीले राखेप अन्तगत रहेको निकाय र जनशक्तिमात्रै प्रयोग गयौं ।’

प्रतियोगिता उद्घाटन कार्यक्रममा राष्ट्रपति आउने भएपछि मैदानमा स्थानीयबासीको सहभागिता उल्लेख्य रह्यो । उक्त भिड व्यवस्थापनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा त्यहाँ खटाइएको रक्षक सेक्युरीटिका कर्मचारीले व्यवस्थापन गर्न सघाएपनि अन्य कुनै पनि खेलमा आयोजकले स्वयमंसेवकको व्यवस्था गर्न सकेको थिएन ।

मंगलबारको सेमिफाइनल खेलमा सदस्य सचिव केशवकुमार विष्ट प्रमुख अथिति आउन ढिलाइभएपछि १ घण्टा ढिला गरी खेल शुरु भएको थियो । तर, उक्त खेल मैदानमा भइरहँदा फोर्थ अफिसियलको अगाडि पछाडि लागेको भिड्ले उनीहरुलाई आफ्नो काम गर्न पनि कठिन भइरकेको थियो । दर्शकको भिड बढ्दै गएपछि रक्षकले लेखेको ज्याकेट धारी सुरक्षा गार्डहरुले नै पनि कम भएपछि भिड शान्त पार्न सकेका थिएनन् ।

त्यसो त, गार्डहरुले स्थानीयलाई प्यारापिटको एक लहरमा नबस्न भने पनि उनिहरुले स्थानीयले गार्डहरुलाई नै वेवास्ता गरी रहेका थिए ।

हजारौं खेलाडी तथा खेलसम्बद्ध मानिसहरुको सहभागिता रहेको प्रतियोगितामा आयोजक राखेपले किन स्वयंम सेवक खटाउन सकेन ? भन्ने प्रश्नमा अध्यक्ष वलि भन्छन्,‘हामीले व्यवस्थापनको जिम्मा सुरक्षा उप समितिलाई दिएका छौं । सेमिफाइनल खेलमा त्यस्तो भएपनि समापन कार्यक्रममा त्यस्तो हुँदैन्,’ अध्यक्ष वलिले स्वयमंसेवक बोल्दै भने, ‘व्यवसायिक स्वयमसेवक हामीसँग छैनन् । हामीले खटाएका व्यक्तिहरु स्वयमसेवक भनेर मैदानमा रहेपनि खेल तिरै रमाउने प्रवृत्ति छ । नत, हामीले तिनीहरुलाई स्वयमसेवकका लागि प्रशिक्षित गर्न सक्यौं । नत, स्वयम सेवक नै राख्यौं । हामीले अन्य क्षेत्रबाट स्वयंमसेवक राख्न अवस्था नै पनि बनेन ।’

वृहत खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएका वलिले आफु स्थानीय आयोजक भएपनि स्वयमं सेवक खटाउने बारेमा निर्णय गर्ने अधिकार नरहेको बताए । ‘स्वयेम सेवक व्यवस्थापनको विषयमा राखेप नेतृत्व अथवा मन्त्रालयले गर्न सक्थ्यो । आयोजक प्रदेशको संयोजकको हिसाबले मैले जति सकेँ । केही योजना अनुसार भएनन् । केहीमा प्राविधिक समस्या आयो,’ नवौं खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मा गण्डकी प्रदेशलाई सुम्पिन लागेका अध्यक्ष वलिले भने,‘नवौं राष्ट्रिय खेलकुदमा अहिले भएका कमीकमजोरीलाई सुधार्नु पर्छ ।’

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ९ : ४५ बजे

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव