‘तेरे नाम २’ को स्किृप्ट तयार, के फेरि राधे बन्दैछन् सलमान खान ? | Khabarhub Khabarhub

‘तेरे नाम २’ को स्किृप्ट तयार, के फेरि राधे बन्दैछन् सलमान खान ?


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई- सन् २००३ मा आएको हिट फिल्म ‘तेरे नाम’ त धेरैलाई याद छ नै । यो फिल्मबाट सलमान खानको अभिनयका अलावा उनको कपालको स्टाइल र लूक पनि खुबै चर्चित भएको थियो । कतिपयलाई त यो फिल्मले रुवाएको पनि थियो ।

हालै मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा अभिनेता सतीश कौशिकले यो फिल्मको सिक्वेल बनाउनेबारे आफूले तयारी गरेको बताएका छन् ।
भारतीय मिडियाका अनुसार केही दिन पहिले शतीश कौशिकले ‘तेरे नाम २’ को स्किृप्ट लेखेर सकेका छन् । सतीशले बताएका छन् कि, ‘तेरे नाम २’ मा बिल्कुलै नयाँ कहानी हुनेछ । यो पहिलेको कहानीको विस्तारित कथा हुने छैन । फिल्ममा उत्तर भारतको एक ग्याङस्टरको कहानी हुनेछ ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै लेखेका छन् कि, फिल्ममा मुख्य कलाकारको नाम राधे नै रहनेछ । ‘तेरे नाम’ तमिल फिल्म ‘सेतु’ को रिमेकका रुपमा यो फिल्म निर्माण भएको थियो । यो फिल्ममा सलमान खानको अपोजिटमा भूमिका चावला थिइन् । यो फिल्मको कहानीले दर्शकको मन जितेको थियो ।

फिल्ममा राधे (सलमान खान) र निर्जरा (भूमिका चावला) को अधूरो प्रेमलाई देखाइएको थियो । सलमान खानको अभिनय रुचाइएको थियो ।

‘तेरे नाम २’ मा सलमान खान नै हुनेछन् या अरु कोही, भन्ने यकिन भन्न नसकिए पनि उनको सलमानको पनि उत्तिकै सम्भावना छ । अर्कातिर दर्शक पनि यसको सिक्वेलमा सलमानलाई नै हेर्न चाहन्छन् । यतिबेला सलमान खानको फिल्म ‘भारत’ को चर्चा छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १२ : ५६ बजे

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक