‘तेरे नाम २’ को स्किृप्ट तयार, के फेरि राधे बन्दैछन् सलमान खान ? « Khabarhub

‘तेरे नाम २’ को स्किृप्ट तयार, के फेरि राधे बन्दैछन् सलमान खान ?


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई- सन् २००३ मा आएको हिट फिल्म ‘तेरे नाम’ त धेरैलाई याद छ नै । यो फिल्मबाट सलमान खानको अभिनयका अलावा उनको कपालको स्टाइल र लूक पनि खुबै चर्चित भएको थियो । कतिपयलाई त यो फिल्मले रुवाएको पनि थियो ।

हालै मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा अभिनेता सतीश कौशिकले यो फिल्मको सिक्वेल बनाउनेबारे आफूले तयारी गरेको बताएका छन् ।
भारतीय मिडियाका अनुसार केही दिन पहिले शतीश कौशिकले ‘तेरे नाम २’ को स्किृप्ट लेखेर सकेका छन् । सतीशले बताएका छन् कि, ‘तेरे नाम २’ मा बिल्कुलै नयाँ कहानी हुनेछ । यो पहिलेको कहानीको विस्तारित कथा हुने छैन । फिल्ममा उत्तर भारतको एक ग्याङस्टरको कहानी हुनेछ ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै लेखेका छन् कि, फिल्ममा मुख्य कलाकारको नाम राधे नै रहनेछ । ‘तेरे नाम’ तमिल फिल्म ‘सेतु’ को रिमेकका रुपमा यो फिल्म निर्माण भएको थियो । यो फिल्ममा सलमान खानको अपोजिटमा भूमिका चावला थिइन् । यो फिल्मको कहानीले दर्शकको मन जितेको थियो ।

फिल्ममा राधे (सलमान खान) र निर्जरा (भूमिका चावला) को अधूरो प्रेमलाई देखाइएको थियो । सलमान खानको अभिनय रुचाइएको थियो ।

‘तेरे नाम २’ मा सलमान खान नै हुनेछन् या अरु कोही, भन्ने यकिन भन्न नसकिए पनि उनको सलमानको पनि उत्तिकै सम्भावना छ । अर्कातिर दर्शक पनि यसको सिक्वेलमा सलमानलाई नै हेर्न चाहन्छन् । यतिबेला सलमान खानको फिल्म ‘भारत’ को चर्चा छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १२ : ५६ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक