सरकारले बिर्सेको लोकतन्त्र दिवस ! | Khabarhub Khabarhub

सरकारले बिर्सेको लोकतन्त्र दिवस !



काठमाडौं-तत्कालिन ७ राजनीतिक दल र नेकपा माओवादीसहितका दलको नेतृत्वमा भएको दोस्रो जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिन । अर्थात् लोकतन्त्र दिवस । तत्कालिन राजा ज्ञानेन्द्रले माघ १९ गते शाही कु मार्फत् संसद विगठन गरेपछि सशस्त्र संघर्षमा रहेको माओवादी र ७ राजनीतिक दलको संयुत्तः प्रयासमा भएको आन्दोलनको परिणाम राजाद्वारा संसद पुर्नस्थापना भएको दिन बैशाख ११ गते नेपाली राजनीतिमा महत्वपुर्ण दिनका रुपमा लिने गरिएको छ ।

तत्कालिन राजाले राजतन्त्र पुर्नस्थापना गरेको संसदले नै नेपालमा २ सय ४० वर्ष पुरानो राजतन्त्र नै उन्मुलनको अवस्थामा पुग्यो । लोकतन्त्र स्थापना भएपछि नै नेपालमा महत्वपुर्ण राजनीतिक घटनाक्रम विकास भए परिणामस्वरुप संविधानसभाबाट संविधान जारी भइसकेर संघीयतासहितको गणतन्त्र नेपाल बनिसकेको छ ।

राणा शासनविरुद्धको आन्दोलनकै निरन्तरता !

नेपालमा १०४ वर्षसम्म चलेको जहाँनिया राणा शासनविरुद्ध शुरु भएको १९९७ साल यताका हरेक राजनीतिक क्रान्तिको वेग्लै महत्व छ । त्यही राणा शासनविरुद्ध शुरु भएको आन्दोलन २०६२/०६३ सालसम्म आइपुग्दा राजनीतिक बिद्रोहमा कैयौले ज्यान समेत गुमाए । प्रजातन्त्र स्थापना भएपछि २००७ सालको आन्दोलनकै बेला उठेको जनताका प्रतिनिधिद्वारा संविधान बनाउने सपना भने वैशाख ११ गतेको जगमा उभिएर बल्ल पुरा भयो ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपनि २०१५ सालमा भएको पहिलो संसदीय आमनिर्वाचनपछि २०१७ सालमा निरंकुशता फेरी दोहोरियो। निर्दलीय पञ्चायती शासनविरुद्ध २०४६ सालमा भएको आन्दोलनपछि भने राजनीतिक दल मात्रै होइन, तत्कालिन राजा समेत संविधान भित्र बाँधिए ।

०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ का दिन शाही घोषणा गरेर संसदीय व्यवस्थामाथि नै प्रहार गरेको निष्कर्षसहित ७ राजनीतिक दलसहित युद्धमा रहेको माओवादीसमेतको आन्दोलनका बलमा संसद पुस्थापना भएको थियो । तर अहिले २०६३ सालको परिवर्तन पछिका १४ बर्ष हामीले सम्वृद्धि र स्थायित्वका निम्ति के काम गर्‍यौं भन्ने बहश पनि शुरु भएको छ ।

दलले नै बिर्सिए लोकतन्त्र दिवस

तत्कालिन ७ राजनीतिक दलमध्येका २ वटा राजनीतिक दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अहिले सरकारको नेतृत्वमा छ । ०६२/०६३ को दोस्रो जनआन्दोलनको नेतृत्व समेत गरेको नेपाली कांग्रेस पछिल्लो चुनावपछि प्रमुख प्रतिपक्षी दल बनेको छ । तर लोकतन्त्र दिवसका दिन सरकारले कुनै औपचारिक कार्यक्रम गरेन । पछिल्ला केही वर्ष आजकै दिन दिइँदै आएको सार्वजनिक बिदासमेत कटौती गरिएको छ ।

सामाजिक सञ्जालमा समेत ०६२/०६३ सालको जनआन्दोलनबाट स्थापित बनेका र कांग्रेस युवा नेता गगन थापासहित प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएपनि सरकारले कुनै औपचारिक कार्यक्रम भने गरेन । लोकतन्त्र स्थापनापछिको १४ वर्षमा राजनीतिक स्थिरता कायम भएपनि जनताले खोजेजस्तो समृद्धि र विकासको नारा अपेक्षित रुपमा पुरा हुन सकेन ।

त्यसबाहेक राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि प्रेससमेत नियन्त्रित अबस्थामा पुग्यो । त्यसकै झल्को दिनेगरी सरकारले सुचना तथा प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप समेत लागिरहेको छ ।

यद्यपी सरकार भने लोकतन्त्रका आधारस्तम्भ समेत मानिने प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसाय समेत नरहेको दाबी गर्दै आएको छ ।

प्रधानमन्त्री भन्छन्-समृद्ध नेपाल निर्माणको अभियानमा छौँ

सरकारले औपचारिक कार्यक्रम नगरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने लोकतान्त्रिक जनआन्दोलनमा जीवन उत्कर्ष गर्ने शहीदहरुप्रति श्रद्धासुमन भन्दै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ,‘ लोकतान्त्रिक जनआन्दोलनमा जीवन उत्कर्ष गर्नुहुने शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । लोकतन्त्रलाई संवैधानिक संस्थाकरण गरेपछि हामी समृद्ध नेपाल निर्माणको यात्रामा छौं । न्यायसहितको आर्थिक सामाजिक रुपान्तरण गरी समग्र लोकतन्त्रलाई मजबुत बनाउन एकजुट हुन आव्हान गर्दछु ।’

त्यस्तै कांग्रेस युवा नेता गगन थापालेसमेत जनअधिकार र लोकतन्त्रका लागि जीवन आहुति गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली भन्दै सामाजिक सञ्जालमै लखेका छन्, ‘आज लोकतन्त्र दिवस! जनअधिकार र लोकतन्त्रका लागि जीवन आहुति गर्ने महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली! अविराम सङ्घर्षरत योद्धाहरूमा हार्दिक नमन । लोकतन्त्र शब्दमा मात्र होइन जनताको जीवनमा अनि हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुन सकोस । लोकतन्त्र दिवसको हार्दिक शुभकामना’।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  २ : ०८ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन