सडक दुर्घटनाको मुख्य कारण– चालकमा उच्च रक्तचाप ! « Khabarhub

सडक दुर्घटनाको मुख्य कारण– चालकमा उच्च रक्तचाप !


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हेटौँडा– मकवानपुर जिल्लामा विगत १ वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ ।

यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल बढी दुर्घटना भएको बताइएको छ । पछिल्लो समय सडकमा छाडा छोडिएका पशु चौपायाका कारण पनि दुर्घटनाको जोखिम बढिरहेको छ ।

मकवानपुरमा गत १ वर्षको अवधिमा साना ठूला गरी १ सय ३३ सडक दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी चालकमा धैर्यको कमी भएका कारण सवारी दुर्घटना दिन प्रतिदिन बढिरहेको बताएको छ । चालकमा उच्च रक्तचाप, हतार, यान्त्रिक गडबडी, सडकको अवस्था, मादक पदार्थको सेवन, आँखाको दूरदृष्टिमा कमजोरी नै दुर्घटनाको मुख्य कारण रहेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले प्रत्येक महीना सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गर्नुका साथै सवारीसम्बन्धी जनचेतनाका कार्यक्रम पनि गरिरहेको जनाएको छ तर पनि सवारी दुर्घटनाको न्यूनीकरणमा सन्तोषनक सफलता पाउन कठिनाइ रहेको छ ।

मकवानपुरका पक्की सडकमा ७६ र कच्ची सडकमा १५ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रदेश नं ३ को राजधानीसमेत भएकाले यहाँको सवारी चाप पछिल्लो समय बढ्दो रुपमा रहेको छ ।

दशकौँ पुरानो मापदण्डका सडक, पूर्वपश्चिम राजमार्गलगायत केन्द्रीय राजधानी काठमाडौँलाई जोड्ने छोटो दूरीका सडक सञ्जालले हेटौँडालाई जोड्ने हुनाले पनि मकवानपुर भएर दैनिक हजारौँ सवारी आवतजावत गर्ने गरेका छन् ।

यस्ता सवारी चापको चुनौतीलाई करीब ३० जनाको ट्राफिक जनशक्तिबाट सवारी व्यवस्थापन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरले बताए ।

मकवानपुरमा करीब २७ हजार सवारी साधन दैनिक गुड्ने अनुमान गरिएको छ । हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा रहेको जनशक्तिलाई आधार मान्ने हो भने एउटा ट्राफिक प्रहरीले करीब ९०० सवारी साधनलाई निगरानी गर्नुपर्ने भएको छ ।

कतिपय अवस्थामा ट्राफिक प्रहरीको आँखा छलेर सवारी नियम मिच्ने सवारीलाई कारवाही गर्न जनशक्ति नै अपुग रहेको सहजै अनुमान गर्न सकिन्छ ।

मकवानपुर प्रदेश नं ३ को राजधानी भएका कारण दैनिकजसो विशिष्ट, अति विशिष्ट व्यक्तिको बाक्लो उपस्थिति हुने भएकाले अन्य सवारीको अतिरिक्त उनीहरुका लागि सवारी व्यवस्थापन गर्नुपर्ने चुनौती पनि ट्राफिक प्रहरीलाई नै रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  २ : २४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन