आगामी १० वर्षभित्र सार्वजनिक विद्यालयको रुपान्तरण गर्ने सरकारको लक्ष्य « Khabarhub

आगामी १० वर्षभित्र सार्वजनिक विद्यालयको रुपान्तरण गर्ने सरकारको लक्ष्य


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए ।

बुधबार भक्तपुरमा शुरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सुधारको अभियानमा जुट्न पनि सबैलाई आह्वान गरे ।

मन्त्री पोखरेलले स्थानीय सरकार र सम्बन्धित सबै पक्षको पहलमा सार्वजनिक विद्यालयको रुपान्तरण गर्न उक्त अभियान शुरु गर्न लागिएको बताए ।

कार्यक्रममा बोल्दै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउने चुनौति सामना गर्नेगरी सरकार अघि बढ्नुपर्ने बताइन् ।

शिक्षालाई जीवन उपयोगी, व्यवहारिक र प्रविधियुक्त बनाउनुपर्ने उनको भनाइ थियो ।

भक्तपुरमा बुधबारबाट शुरु भएर २ दिनसम्म चल्ने सम्मेलनले सार्वजनिक विद्यालयहरुको रुपान्तरणका लागि ठोस धारणा तय गर्ने अपेक्षा गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  २ : ५४ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले