आगामी १० वर्षभित्र सार्वजनिक विद्यालयको रुपान्तरण गर्ने सरकारको लक्ष्य | Khabarhub Khabarhub

आगामी १० वर्षभित्र सार्वजनिक विद्यालयको रुपान्तरण गर्ने सरकारको लक्ष्य


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए ।

बुधबार भक्तपुरमा शुरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सुधारको अभियानमा जुट्न पनि सबैलाई आह्वान गरे ।

मन्त्री पोखरेलले स्थानीय सरकार र सम्बन्धित सबै पक्षको पहलमा सार्वजनिक विद्यालयको रुपान्तरण गर्न उक्त अभियान शुरु गर्न लागिएको बताए ।

कार्यक्रममा बोल्दै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउने चुनौति सामना गर्नेगरी सरकार अघि बढ्नुपर्ने बताइन् ।

शिक्षालाई जीवन उपयोगी, व्यवहारिक र प्रविधियुक्त बनाउनुपर्ने उनको भनाइ थियो ।

भक्तपुरमा बुधबारबाट शुरु भएर २ दिनसम्म चल्ने सम्मेलनले सार्वजनिक विद्यालयहरुको रुपान्तरणका लागि ठोस धारणा तय गर्ने अपेक्षा गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  २ : ५४ बजे

आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्नेगरी बुधबार क,

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ

सात करोडको लागतमा पालिका भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन