पुटिनलाई भेट्न रेल चढेर रसिया पुगे किम « Khabarhub

पुटिनलाई भेट्न रेल चढेर रसिया पुगे किम


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नका लागि रुसको सुदूरपूर्वी शहर भ्लादिभोस्तोक पुगेका छन् ।

रेलमार्ग भएर सर्वोच्च नेता किम भ्लादिभोस्तोक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भ्लादिभोस्तोक रेल स्टेशनमा उनलाई उच्च रुसी अधिकारीले स्वागत गरेका थिए ।

सर्वोच्च नेता किम र राष्ट्रपति पुटिनबीच बिहीबार भ्लादिभोस्तोक शहरको तटपारी रहेको रुस्की टापुमा भेटवार्ता हुने बताइएको छ । भेटवार्तामा दुई मुलुकको सम्बन्ध तथा कोरियाली प्रायद्विपमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत फेब्रुअरी महिनाको अन्त्यमा भियतनामको राजधानी हनोईमा भएको असफल शिखर वार्तापछि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि मजबुत बनाउनका लागि किमले पुटिनसँग भेटवार्ता गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

भेटवार्तामा उत्तर कोरियाली सर्वोच्च नेताले गम्भीर नेताको रुपमा आफ्नो छवि चित्रित गर्ने अवसर रहेको विश्लेषण गरिएको छ । यद्यपि भेटवार्तामा उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी फुकुवा गर्न प्रयास गर्नेबारे रुसी राष्ट्रपति पुटिनले आश्वासन दिनेमा भने आशंका रहेको बताइएको छ ।

शीतयुद्धताका उत्तर कोरिया र तत्कालिन सोभियत युनियन परम्परागत साझेदारका रुपमा रहेका थिए भने रुस अझै पनि उत्तर कोरियासँग राम्रो सम्बन्ध रहेका मुलुकमध्ये एक हो ।

सन् २०११ मा उत्तर कोरियाका तत्कालिन शासक तथा वर्तमान सर्वोच्च नेता किमका बाबु किम जोङ इलले रेलमार्गबाट रुसको भ्रमण गरी तत्कालिन रुसी राष्ट्रपति दिमित्री मेद्भेदेवसँग भेटवार्ता गरेका थिए । त्यसयता कुनै पनि उत्तर कोरियाली शासकले रुसको भ्रमण गरेको यो पहिलो अवसर हो ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ३ : २१ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय