नेपालद्वारा मलेशिया पराजित | Khabarhub Khabarhub

नेपालद्वारा मलेशिया पराजित


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो ।

जितसँगै समूह ए मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । नेपाल साविक विजेतासमेत हो । अघिल्लो संस्करणको खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लािग १४२ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेशिया ३३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।

मलेशियाका लागि सार्भिन सुरेद्रनले सर्वाधिक ४६ रनको योगदान दिए भने अमहेद अस्यार्फले १७ तथा किशन कुमारले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

मलेशियालाई १०२ रनमा समेट्ने क्रममा नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले दुई÷दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४१ रन जोडेको थियो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ र सुवास ऐरले ११ रन जोडे ।

बलिङतर्फ मलेशियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे । नेपालले भोलि आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ३ : ३१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस