स्वास्थ्य मन्त्रालयमा सचिव थपलियाको पदबहाली « Khabarhub

स्वास्थ्य मन्त्रालयमा सचिव थपलियाको पदबहाली


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ सचिव रामप्रसाद थपलियाले आज (बुधबार) पदबहाली गरेका छन् । थपलियालाई वैशाख २ गतेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेशबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।  मन्त्रीपरिषद्को निर्णयपछि थपलियाले सरुवाको पत्र लिएर बुधबार स्वास्थ्य मन्त्रालयमा पदबाहाली गरेका हुन् ।

नवनियुक्त सचिव थपलियालाई मन्त्रालयकी स्वास्थ्यतर्फकी सचिव पुष्पा चौरी, महाशखा प्रमुख लगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

मन्त्रालयले गरेको स्वागत कार्यक्रममा सचिव थपलियाले स्वास्थ्य क्षेत्रको उपलब्धि हाँसिल गर्न सबै मिलेर काम गर्नुपर्ने बताए ।

यसअघि स्वास्थ्य मन्त्रालयमा प्रशासन तथा जनसंख्यातर्फको जिम्मेवारी सम्हालेका सचिव चन्द्रकुमार घिमिरेलाई मन्त्रिपरिषद्ले महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालय सरुवा गरेपछि सो ठाउँमा थपलिया नियुक्त भएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ५ : ५२ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक