स्वास्थ्य मन्त्रालयमा सचिव थपलियाको पदबहाली « Khabarhub

स्वास्थ्य मन्त्रालयमा सचिव थपलियाको पदबहाली


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ सचिव रामप्रसाद थपलियाले आज (बुधबार) पदबहाली गरेका छन् । थपलियालाई वैशाख २ गतेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेशबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।  मन्त्रीपरिषद्को निर्णयपछि थपलियाले सरुवाको पत्र लिएर बुधबार स्वास्थ्य मन्त्रालयमा पदबाहाली गरेका हुन् ।

नवनियुक्त सचिव थपलियालाई मन्त्रालयकी स्वास्थ्यतर्फकी सचिव पुष्पा चौरी, महाशखा प्रमुख लगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

मन्त्रालयले गरेको स्वागत कार्यक्रममा सचिव थपलियाले स्वास्थ्य क्षेत्रको उपलब्धि हाँसिल गर्न सबै मिलेर काम गर्नुपर्ने बताए ।

यसअघि स्वास्थ्य मन्त्रालयमा प्रशासन तथा जनसंख्यातर्फको जिम्मेवारी सम्हालेका सचिव चन्द्रकुमार घिमिरेलाई मन्त्रिपरिषद्ले महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालय सरुवा गरेपछि सो ठाउँमा थपलिया नियुक्त भएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ५ : ५२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु