साथीको हत्या आरोपमा पाँच जना पक्राउ « Khabarhub

साथीको हत्या आरोपमा पाँच जना पक्राउ


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– तिलोत्तमा नगरपालिकामा ११ का मीनबहादुर गौतम मृत्युको घटना लुकाउन खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको भनिएका उनको शव मृत्यु भएको १० दिनपछि गाडिएको अवस्थमा प्रहरीले फेला पारेको थियो ।

गौतमको मृत्युपछि शव गाडेर घटना लुकाउन खोजेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो ।  गत वैशाख १ गते राति खोला किनारमा थापिएको विद्युतीय धरापमा परी उनको मृत्यु भएको जनाइए पनि उनको शव भेटिएको थिएन ।

नजिकैको जंगलमा गौतमलाई गाडेर घटना लुकाउन खोजिए पनि १० दिनपछि प्रहरीले घटना बाहिर ल्याएको थियो ।

गौतमको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । उनको धरापमा परेर भन्दा पनि हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ७ : ३० बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार