तोकिएको मितिभन्दा अगाडि नै दरबार हाईस्कूलको पुनःनिर्माण सम्पन्न « Khabarhub

तोकिएको मितिभन्दा अगाडि नै दरबार हाईस्कूलको पुनःनिर्माण सम्पन्न


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पका कारण ध्वस्त भएको देशकै पुरानो विद्यालय दरबार हाईस्कूलको मुख्य भवनको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दरबार हाईस्कूलको मुख्य भवनको पुनःनिर्माण सम्पन्न भएको हो ।

पुनःनिर्माण सम्पन्न भएको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदूत हउ यान्छी र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् ।

दरबार हाईस्कूलका प्रधान्याध्यापक हेमचन्द्र महतोले१० महिनाभित्रै भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए । यद्यपि उक्त भवनको फिनिसिङको काम सक्न अझै ४ महिना लाग्ने जनाइएको छ ।

पुनःनिर्माण सम्पन्न भवन ४ तलाको छ । भवनमा ४६ कोठा छन् ।

२० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने १८ साउन २०७५ देखि दरबार हाईस्कूलको पुनःनिर्माण शुरु गरिएको थियो ।

२०१० सालमा स्थापना भएको दरबार हाईस्कूल नेपालको पहिलो आधुनिक विद्यालय हो । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले सो विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनःनिर्माण शुरु भएको हो ।

आगामी मंसीर भित्र नयाँ भवनमै पठनपाठन शुरु गर्ने पनि हाइस्कुलका प्रधानाध्यापक महतोले बताए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : १० बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने