तोकिएको मितिभन्दा अगाडि नै दरबार हाईस्कूलको पुनःनिर्माण सम्पन्न « Khabarhub

तोकिएको मितिभन्दा अगाडि नै दरबार हाईस्कूलको पुनःनिर्माण सम्पन्न


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पका कारण ध्वस्त भएको देशकै पुरानो विद्यालय दरबार हाईस्कूलको मुख्य भवनको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दरबार हाईस्कूलको मुख्य भवनको पुनःनिर्माण सम्पन्न भएको हो ।

पुनःनिर्माण सम्पन्न भएको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदूत हउ यान्छी र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् ।

दरबार हाईस्कूलका प्रधान्याध्यापक हेमचन्द्र महतोले१० महिनाभित्रै भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए । यद्यपि उक्त भवनको फिनिसिङको काम सक्न अझै ४ महिना लाग्ने जनाइएको छ ।

पुनःनिर्माण सम्पन्न भवन ४ तलाको छ । भवनमा ४६ कोठा छन् ।

२० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने १८ साउन २०७५ देखि दरबार हाईस्कूलको पुनःनिर्माण शुरु गरिएको थियो ।

२०१० सालमा स्थापना भएको दरबार हाईस्कूल नेपालको पहिलो आधुनिक विद्यालय हो । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले सो विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनःनिर्माण शुरु भएको हो ।

आगामी मंसीर भित्र नयाँ भवनमै पठनपाठन शुरु गर्ने पनि हाइस्कुलका प्रधानाध्यापक महतोले बताए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : १० बजे

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको