विमानस्थलमा नक्कली भारु लिन गएका युनुस अन्सारी पक्राउ « Khabarhub

विमानस्थलमा नक्कली भारु लिन गएका युनुस अन्सारी पक्राउ


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका युनुस अन्सारी पुनः नक्कली भारतीय रुपैयाँ  (भारु) नोटसहित पक्राउ परेका छन् ।

युनुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले युनुस पक्राउ परेको पुष्टि गरे ।

नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न पुगेको बेला युनुस पक्राउ परेका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले ठूलो परिमाणमा भारुसहित ६ जना पक्राउ परेको बताए ।

युनुस आफुसहित आफ्ना अन्य २ जना सहयोगी (नेपाली नागरिक) लिएर नक्कली नोट लिएर आएका पाकिस्तानी नागरिकलाई रिसिभ गर्न विमानस्थल पुगेका प्रहरी स्राेतले जानकारी दिएको छ ।

प्रहरीले अहिले बरामद भएको भारु नोटको मुचुल्का उठाउने काम भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार करिब ५ करोड बढी भारुसहित ६ जना पक्राउ परेका हुन् । यद्यपि नोट गन्ने काम जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : ३९ बजे

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत