विमानस्थलमा नक्कली भारु लिन गएका युनुस अन्सारी पक्राउ | Khabarhub Khabarhub

विमानस्थलमा नक्कली भारु लिन गएका युनुस अन्सारी पक्राउ


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका युनुस अन्सारी पुनः नक्कली भारतीय रुपैयाँ  (भारु) नोटसहित पक्राउ परेका छन् ।

युनुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले युनुस पक्राउ परेको पुष्टि गरे ।

नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न पुगेको बेला युनुस पक्राउ परेका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले ठूलो परिमाणमा भारुसहित ६ जना पक्राउ परेको बताए ।

युनुस आफुसहित आफ्ना अन्य २ जना सहयोगी (नेपाली नागरिक) लिएर नक्कली नोट लिएर आएका पाकिस्तानी नागरिकलाई रिसिभ गर्न विमानस्थल पुगेका प्रहरी स्राेतले जानकारी दिएको छ ।

प्रहरीले अहिले बरामद भएको भारु नोटको मुचुल्का उठाउने काम भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार करिब ५ करोड बढी भारुसहित ६ जना पक्राउ परेका हुन् । यद्यपि नोट गन्ने काम जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : ३९ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार