राजापुर सबस्टेशन सञ्चालनमा « Khabarhub

राजापुर सबस्टेशन सञ्चालनमा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको नौ करोड ३६ लाखको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट क्षमताको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको छ ।

यसबाट त्यस क्षेत्रका करीब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन् । नयाँ सबस्टेशन सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित हुने प्राधिकरणको विश्वास छ ।

नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार गर्‍यो र भरपर्दो विद्युत् उपलब्ध गराएन ।

लामो प्रसारण लाइनका कारण सामान्य हावा हुरी चल्दा पनि विद्युत् प्रवाह काटिँदा मोबाइल फोन चार्ज गर्नसमेत समस्या हुने गरेको थियो । स्थानीयवासीले राजापुर क्षेत्रमा नै सबस्टेशन निर्माण गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलाई लामो समयदेखि आग्रह गर्दै आएका थिए । लामो समयदेखिको स्थानीयवासीको माग सम्बोधन भएको छ ।

विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको प्राधिकरणले जानकारी दिएको छ । कैलालीको टीकापुरबाट राजापुरसम्मको करीब २० किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ु

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ३ : २९ बजे

बेल्जियम विश्वकपबाट बाहिरियो, क्रोएसिया नकआउट चरणमा

काठमाडौं ।कतारमा जारी फिफा विश्वकप फुटबलमा बेल्जियम समूह चरणबाट बाहिरिएको

क्यानडालाई हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी फिफा विश्वकपमा मोरक्को नकआउट चरणमा प्रवेश

समानुपातिकतर्फको मतगणना : तेस्रो बन्ने संघर्षमा माओवादी र रास्वपा

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन

निर्वाचनमा ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराइने

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले यही मङ्सिर ४ गते सम्पन्न

चिनियाँ पूर्वराष्ट्रपति जियाङको निधनप्रति दुःख व्यक्त

काठमाडाैँ-  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र