बालगृह तथा अनाथालयको मापदण्डबारे संसदीय समितिको चासो | Khabarhub Khabarhub

बालगृह तथा अनाथालयको मापदण्डबारे संसदीय समितिको चासो


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले एकीकृत मापदण्ड नबनेसम्म गैरसरकारी संस्थाको रुपमा नयाँ अनाथालय वा बालगृह दर्ता कार्य नगर्न-नगराउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको महिला तथा समाजिक समितिको बैठकले अधिकांश आवासीय गैर सरकारी बालगृहरु मापदण्ड बमोजिम सञ्चालनमा नरहेको र संघीय संरचनाको लागि एकिकृत मापदण्ड नबनेसम्म गैर सरकारी संस्थाको रुपमा नयाँ अनाथालय वा बालगृह खोल्न नदिन सम्बन्धित मन्त्रालय र मातहतको निकायलाई निर्देशन गरेको हो ।

न्यूनगुणस्तर र विवादित गैह्रसरकारी बालगृह वा अनाथालय तत्काल दर्ता खारेज गर्न तथा अनाथ वालवालिकाको व्यबस्थापन सरकारी तवरमा नै स्थानीय तहमा क्रमिक रुपमा ब्यवस्थापन गर्न गराउन समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालय तथा समाज कल्याण परिषद्लाई निर्देशन गरेको छ ।

समितिले समाज कल्याण परिषद्लाई संञ्चालनम रहेका गैह्रसरकारी बालगृह÷अनाथालयहरुको नामावली र मापदण्ड पुरा गरे नगरेबारेको यथार्थ विवरण ३० दिन भित्र उपलब्ध गराउन निर्देश दिएको छ ।

गैह्रसरकारी बालगृह संचालनको नाममा आउन अनुदान वा सहयोग बालबालिकाको हितमा प्रयोग नभई संञ्चालकले प्रयोग गर्ने गरेको भन्दै समितिले सबै बालगृह सञ्चालकहरुको आर्थिक परीक्षण गरी सत्य तथ्य बाहिर ल्याउन, अनियमितता गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि समितिले मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ ।

त्यसैगरी समितिले प्रत्यायोजित व्यवस्थापनअनुसार बालबालिका सम्बन्धी ऐन २०७५ को लागि बन्नुपर्ने नियमावली हालसम्म नबनेकोले शीघ्र नियमावली बनाउन नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

हाल संचालनमा रहेका बालगृह/अनाथालयहरुकोे अवस्था एबं प्रभावकारी अनुगमन र मूल्याङ्कन बारे समितिले शुक्रबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, मन्त्रालयका सचिव एवं समाज कल्याण परिषद्का अधिकारीसंग छलफल गरेको हो ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ४ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका