घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति « Khabarhub

घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिर्तामोड नगरपालिकाका मेयरको घरमा भएको क्षतिको क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार सिवाकोटालाई स्थानीयको आन्दोलनका क्रममाम १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसेकेको अवस्थामा २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिइएको समाचारमा उल्लेख छ ।

साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा ज्यान गएको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि ज्यान गएको थियो । घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको विरोध र्‍यालीमा पनि स्थानीयले मेयरसको शनिश्चरेस्थित साढे दुई तले घरमा ढुंगा प्रहार गरेका थिए । त्यस क्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको गाडी र निजी कारमा क्षति पुगेको थियो ।

विर्तामोडकै नेकपा कार्यकर्ता भन्छन, ‘मोटरसाइकलको क्षति बिमाले दिने हो, सरकारले होइन । घरमा बढीमा ६० हजारको क्षति भयो, ३० लाख किन ?’ त्यस्तै, सरकारी गाडी नगरपालिकाले नै बनायो, निजी गाडीको बिमा लिएको छोरा नै स्वीकार्छन्, चार लाख ५० हजारको बुलेट मोटरसाइकलको बीमा दाबी गर्नुको सट्टा सरकारी ढुकुटीबाट लिँदै छन् ३० लाख, मन्त्रिपरिषदको निर्यायअनुसार अर्थले गृहमा पठायो रकम समाचारमा जनाइएको छ ।

यता मेयर भन्छन्, ‘बिमा कम्पनीले थोरै पैसा दिन्छु भन्यो, त्यसैले दिमाग खराब भएकाले लिइनँ । तर, मेयरकै छोरा नेपालरत्न भन्छन्, ‘ गाडीको क्षतिमा बिमाको पैसा लियौं बरु मोटरसाइकलको बीमा दाबी नै गरिएन ।

त्यसैगरी पत्रिकाले मंगलबारभित्र ७५३ वटै स्थानीय तहले बजेट ल्याउँदै शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । ७५३ वटै स्थानीय तहले १० असारभित्रै बजेट ल्याउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रबार सबै स्थानीय तहलााई आर १० भित्र नगररगाउँसभामा बजेट पेस गर्न परिपत्र गरेको थियो ।

त्यसैगरी पत्रिकाले पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । प्रहरीले झापामा १७९, उपचत्यकामा १९४ र ओलाङचुङगोलामा दैनिक ६१५ रुपैयाँ पाउने भएका छन् । सरकारले १ साउनदेखि लागू हुनेगरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासन भत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : ०८ बजे

हुलाकमार्फत घर-घरमा पुर्‍याउन थालियो राहदानी

चितवन– सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्‍याउन थालिएको छ।

गणेश पराजुलीको अभिव्यक्तिबारे बारको आपत्ति, न्यायालयको मानमर्दन नगर्न चेतावनी

काठमाडौं- नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाको बैठकमा न्यायालयको मानमर्दन हुने अभिव्यक्ति

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की