पीपलको पातमा पाइन्छन् धेरै औषधीय गुण, घरमै यसरी गर्न सकिन्छ प्रयोग « Khabarhub

पीपलको पातमा पाइन्छन् धेरै औषधीय गुण, घरमै यसरी गर्न सकिन्छ प्रयोग


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पीपललाई पवित्र वृक्षका रुपमा मानिन्छ । सनातन हिन्दू धर्मवालम्वीले पीपललाई भगवान् विष्णुको स्वरूप मानेर पूजा गर्छन् । धार्मिक तथा वैदिक कार्यका लागि पीपलको प्रयोग अनिवार्य जस्तै हुन्छ ।

धार्मिक क्षेत्रमा मात्र नभएर पीपलको पातमा औषधीय गुणहरु पनि धेरै हुन्छन् । जसबारे सवैलाई जानकारी नहुन सक्छ । त्यसबारे यहाँ चर्चा गरिएको छ । अक्सिजन धेरै फ्याक्ने रुख भएकोले हाम्रो समाजमा यसको महत्त्व धेरै छ।

यति मात्र होइन आयुर्वेदमा पनि यसमो प्रयोग हुन्छ। विभिन्न रोगको औषधिका लागि पीपलको पात, डाँठ र फलको प्रयोग हुन्छ । लगातार खोकिरहने दमको रोगीका लागि पीपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोग भएक बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रूपमा यसो गरे दम रोग पूर्णरूपमा निको हुन्छ।

सर्दी, रुघाखोकीबाट छुटकारा पाउन पीपलको पातको प्रयोग गर्न सकिन्छ। पीपलका पाँच पात सफा पानीले पखालेर दुधसँग उमालेर थोरै सख्खर हालेर बिहान र साँझ पिउँदा दुई दिनमै रुघा–खोकी ठीक हुन्छ ।  निमोनियाबाट ग्रसित व्यक्तिले पीपलको पातको जुस बनाएर पिउँदा धेरै फाइदा हुने चिकित्सकहरु बताउँछन् ।

बलियो र सफा तथा दाँत सफा गर्नका लागि पनि पीपलको प्रयोग गर्न सकिन्छ । पीपलको पातसँगै जोडिएको कमलो डाँठलाई दतिवनको रूपमा प्रयोग गर्न सकिन्छ।  यस्तै १० ग्राम पीपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा मिल्छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ३४ बजे

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम

मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला

काठमाडौं– मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर

यात्रुले भरतपुर बसपार्कबाटै टिकट काट्न पर्ने

नारायणगढ– भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन