पीपलको पातमा पाइन्छन् धेरै औषधीय गुण, घरमै यसरी गर्न सकिन्छ प्रयोग « Khabarhub

पीपलको पातमा पाइन्छन् धेरै औषधीय गुण, घरमै यसरी गर्न सकिन्छ प्रयोग


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पीपललाई पवित्र वृक्षका रुपमा मानिन्छ । सनातन हिन्दू धर्मवालम्वीले पीपललाई भगवान् विष्णुको स्वरूप मानेर पूजा गर्छन् । धार्मिक तथा वैदिक कार्यका लागि पीपलको प्रयोग अनिवार्य जस्तै हुन्छ ।

धार्मिक क्षेत्रमा मात्र नभएर पीपलको पातमा औषधीय गुणहरु पनि धेरै हुन्छन् । जसबारे सवैलाई जानकारी नहुन सक्छ । त्यसबारे यहाँ चर्चा गरिएको छ । अक्सिजन धेरै फ्याक्ने रुख भएकोले हाम्रो समाजमा यसको महत्त्व धेरै छ।

यति मात्र होइन आयुर्वेदमा पनि यसमो प्रयोग हुन्छ। विभिन्न रोगको औषधिका लागि पीपलको पात, डाँठ र फलको प्रयोग हुन्छ । लगातार खोकिरहने दमको रोगीका लागि पीपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोग भएक बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रूपमा यसो गरे दम रोग पूर्णरूपमा निको हुन्छ।

सर्दी, रुघाखोकीबाट छुटकारा पाउन पीपलको पातको प्रयोग गर्न सकिन्छ। पीपलका पाँच पात सफा पानीले पखालेर दुधसँग उमालेर थोरै सख्खर हालेर बिहान र साँझ पिउँदा दुई दिनमै रुघा–खोकी ठीक हुन्छ ।  निमोनियाबाट ग्रसित व्यक्तिले पीपलको पातको जुस बनाएर पिउँदा धेरै फाइदा हुने चिकित्सकहरु बताउँछन् ।

बलियो र सफा तथा दाँत सफा गर्नका लागि पनि पीपलको प्रयोग गर्न सकिन्छ । पीपलको पातसँगै जोडिएको कमलो डाँठलाई दतिवनको रूपमा प्रयोग गर्न सकिन्छ।  यस्तै १० ग्राम पीपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा मिल्छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ३४ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक