पाँच रोपनी जग्गा भाडामा लिएर बन्दीपुरमा बसपार्क « Khabarhub

पाँच रोपनी जग्गा भाडामा लिएर बन्दीपुरमा बसपार्क


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारमा बसपार्क निर्माण गरेको छ ।

पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै गाउँपालिकाले सार्वजनिक जग्गाको अभाव भएकाले मासिक रु तीन हजार बुझाउने गरी १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो ।

दिन प्रतिदिन पर्यटकको भीड बढ्दै गएकाले पार्किङको लागि सहज बनाउन १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । “पार्किङको समस्याले पर्यटन व्यवसायलाई असर पर्छ भनी जग्गा हामीले माग राख्यौँ”, गाउँपालिकाका अध्यक्ष थापाले भनरे, “जग्गावालाले पनि राम्रो ठानेर सस्तो भाडादरमा जग्गा दिनुभयो ।”

गाउँपालिकाले जग्गा भाडामा लिएर भए पनि बसपार्क निर्माण कार्य गरिदिए पछि बन्दीपुरका पर्यटन व्यवसायी खुशी भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष तथा तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइका अध्यक्ष वैश गुरुङले धेरै सवारीसाधन आउने हुँदा बसपार्कको समस्या भयो भनेर ट्राभल एजेन्सीबाट गुनासो आउने गरेकोमा बसपार्क निर्माण भएपछि खुशी लागेको बताए ।

बन्दीपुर बजारमा हाल एक निजी क्षेत्रबाट निर्माण गरिएको बसपार्क रहेको छ । सवारीसाधनको चाप बढी र साँघुरो पनि भएकाले बसपार्क निर्माण गर्नुपरेको गाउँपालिकाले जनाएको छ । बसपार्क निर्माणको गाउँपालिकाले रु २५ लाख बजेट निकास गरेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय शुकदेव लम्सालले जानकारी दिए ।

मोटरसाइकल जीपजस्ता साना खालको सवारीसाधन पार्किङको लागि टुँडिखेल नजिकैको स्थानमा अध्ययन भइरहेको पनि उहाँले बताए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ३४ बजे

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्ष २०८२-८३ मा एक हजार ८७६