एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता « Khabarhub

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा गत आर्थिक वर्ष २०८२-८३ मा एक हजार ८७६ वटा मुद्दा दर्ता भएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएका हुन् । प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दर्ता भएका मुद्दामध्ये एक हजार २९२ मुद्दा फछर्यौट भएको छ । पाँच सय ८४ मुद्दा बाँकी रहेको उनले जानकारी दिए ।

कर्तव्य ज्यान, करणी, सार्वजनिक हितविरुद्धको कसुर, बैंकिङ कसुर, लागूऔषध, आत्महत्या, चोरी, सवारी ज्यानसम्बन्धीसहितका अपराधका मुद्दा दर्ता भएका हुन्।

गत आर्थिक वर्षमा जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै अपराधका घटना भएको उनले जानकारी दिए।

उपरीक्षक पौडेलका अनुसार त्यस अवधिमा भरतपुर महानगरपालिकामा एक हजार १६० वटा अपराधका घटना भएका थिए । कालिका नगरपाकिलामा २३२, रत्ननगर नगरपालिकामा १४३, माडी नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ९३ र राप्ती नगरपालिकामा ७० वटा अपराधका घटना भएका छन् । 

यस्तै, इच्छाकामना गाउँपालिकामा ७९ वटा अपराधका घटना भएका छन् । कर्तव्य ज्यानसम्बन्धी तीन वटा, करणीसम्बन्धी ४५ वटा, सार्वजनिक हितविरुद्धको कसुरमा २६४ वटा, बैंकिङ कसुरमा १९२ वटा मुद्दा दर्ता भएका छन् । 

यस्तै, लागूऔषधका ३४१ वटा, आत्महत्याका घटना ४७४ वटा, चोरीका घटना ८८ वटा, सवारी ज्यानमुद्दाका ९८ वटा र अन्य प्रकृतिका अपराधमा ३७० वटा घटना भएका थिए । 

उपरीक्षक पौडेलका अनुसार दर्ता भएका मुद्दामा एक हजार ५५१ जना पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत पेस गरिएको छ । ती मुद्दामा संलग्न भएको अभियोग लागेका ६३३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ७ : ४३ बजे

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली

युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा

रियाद – संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी