अर्थसंक्षेप : सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा, एक वर्षमा २० खर्ब ९६ अर्बको आयात र उद्योगीसँग प्रधानमन्त्रीको श्रृंखलाबद्ध भेट « Khabarhub

अर्थसंक्षेप : सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा, एक वर्षमा २० खर्ब ९६ अर्बको आयात र उद्योगीसँग प्रधानमन्त्रीको श्रृंखलाबद्ध भेट


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँको वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले धेरै हो।

त्यस्तै, गत आर्थिक वर्षको १२ महिनामा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८१ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षमा आयात निर्यात दुवै वृद्धि हुँदा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंकसहित तीन अवार्डबाट सम्मानित

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ ।

अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

संशोधित कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ । अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्यअनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

सुनचाँदीको मूल्य सामान्य वृद्धि

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ७ : १२ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत