पाँच रोपनी जग्गा भाडामा लिएर बन्दीपुरमा बसपार्क | Khabarhub Khabarhub

पाँच रोपनी जग्गा भाडामा लिएर बन्दीपुरमा बसपार्क


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारमा बसपार्क निर्माण गरेको छ ।

पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै गाउँपालिकाले सार्वजनिक जग्गाको अभाव भएकाले मासिक रु तीन हजार बुझाउने गरी १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो ।

दिन प्रतिदिन पर्यटकको भीड बढ्दै गएकाले पार्किङको लागि सहज बनाउन १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । “पार्किङको समस्याले पर्यटन व्यवसायलाई असर पर्छ भनी जग्गा हामीले माग राख्यौँ”, गाउँपालिकाका अध्यक्ष थापाले भनरे, “जग्गावालाले पनि राम्रो ठानेर सस्तो भाडादरमा जग्गा दिनुभयो ।”

गाउँपालिकाले जग्गा भाडामा लिएर भए पनि बसपार्क निर्माण कार्य गरिदिए पछि बन्दीपुरका पर्यटन व्यवसायी खुशी भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष तथा तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइका अध्यक्ष वैश गुरुङले धेरै सवारीसाधन आउने हुँदा बसपार्कको समस्या भयो भनेर ट्राभल एजेन्सीबाट गुनासो आउने गरेकोमा बसपार्क निर्माण भएपछि खुशी लागेको बताए ।

बन्दीपुर बजारमा हाल एक निजी क्षेत्रबाट निर्माण गरिएको बसपार्क रहेको छ । सवारीसाधनको चाप बढी र साँघुरो पनि भएकाले बसपार्क निर्माण गर्नुपरेको गाउँपालिकाले जनाएको छ । बसपार्क निर्माणको गाउँपालिकाले रु २५ लाख बजेट निकास गरेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय शुकदेव लम्सालले जानकारी दिए ।

मोटरसाइकल जीपजस्ता साना खालको सवारीसाधन पार्किङको लागि टुँडिखेल नजिकैको स्थानमा अध्ययन भइरहेको पनि उहाँले बताए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ३४ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ