विश्वकप क्रिकेट–पाकिस्तानको दोस्रो जित « Khabarhub

विश्वकप क्रिकेट–पाकिस्तानको दोस्रो जित


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकालाई जितको लागि ३०९ रनको लक्ष्य थियो तर उसले पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर २५९ रन मात्र जोड्न सक्यो ।
दक्षिण अफ्रिकाका कप्तान फाफ डू प्लेसीले सबैभन्दा धेरै ६३ रन जोडे ।  टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै ३ सय ८ रन बनाएको थियो ।

पाकिस्तानले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । ओपनर फकर जमान ४४ रनमा आउट भए । त्यसपछि इमाम उल हम पनि ४४ रनमा आउट भएपछि पाकिस्तानले ९८ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका मोहम्मद हफिजमात्र २० रनमा आउट भए । चौथो विकेटका लागि बाबर अजाम र ह्यारिस सोहेलबीच ८१ रनको साझेदारी हुँदा पाकिस्तान बलियो स्थितिमा पुगेको थियो । बाबर ६९ रनमा आउट हुन पुगे ।

त्यसपछि इमाद वासिमले २३ रन बनाए भने हारिस सोहेलले अविजीत ८९ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए । जवाफमा दक्षिण अफ्रिका ५० ओभरमा ९ विकेट गुमाउँदा २ सय ५९ रनमा रोकियो ।

राम्रो सुरुवात गर्न नसकेको दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लिसिसले ६३ रन बनाए भने क्विन डी ककले ४७ रनको योगदान गरे । यस्तै ही भान डेर डुसेनले ३६ र डेविड मिलरले ३१ रन बनाए । यसका साथै उसका लागि फेलुक्वाले अविजीत ४६ रन बनाए भने क्रिस मोरीसले १६ रन बनाए । बलिङमा पाकिस्तानका वाहेब रियाज र सहदाव खानले तीन तीन विकेट लिए ।

यो जितका साथ पाकिस्तान अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ । अब उसको खातामा ६ खेलमा दुई जीत र तीन हार तथा एक रद्द खेलका साथ पाँच अंक भएको छ ।

अब उसको आगामी खेल यो विश्वकपमा कुनै पनि खेल नहारेको न्यूजील्याण्डसँग २६ तारिखमा हुने छ ।

यस्तै दक्षिण अफ्रिकाको यो सातौं खेलमध्ये पाँचौ हार हो । उसले केवल एकमात्र जितेको छ । अफ्रिकाको एक खेल पानीका कारण रद्द भएको थियो । दक्षिण अफ्रिका अंक तालिकामा तीन अंकसाथ नावौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ४९ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन