धार्मिक कथा सुन्न भेला भएका १४ जनाको ‘पण्डाल’ भत्किदाँ मृत्यु « Khabarhub

धार्मिक कथा सुन्न भेला भएका १४ जनाको ‘पण्डाल’ भत्किदाँ मृत्यु


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको राजस्थानस्थित बाडमेरमा तिब्र गतिमा आएको आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै मानिस घाइते भएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार सयौंको संख्यामा मानिसहरु एक धार्मिक कार्यक्रमका लागि जम्मा भएका थिए ।

उक्त कार्यक्रमका लागि लगाइएको पण्डाल(एक प्रकारको टेन्ट) खसेको थियो । घाइते भएका केही मानिसको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार जसोल गाउँको धाममा धार्मिक कथाका लागि ठूलो पंडाल लगाइएको थियो ।

आइतबार दिउँसो तीब्र गतिमा आएको आँधी र पानीका कारण पांडालको केही हिस्सा खस्न पुग्यो । त्यसक्रममा भागदौड भएको थियो । त्यस समय पाण्डालमा १० भन्दा धेरै मानिस थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति शोक व्यक्त गरेका छन् ।

राजस्थानका मुख्यमन्त्रीले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेको उपचार राज्य सरकारले गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ५७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६