धार्मिक कथा सुन्न भेला भएका १४ जनाको ‘पण्डाल’ भत्किदाँ मृत्यु « Khabarhub

धार्मिक कथा सुन्न भेला भएका १४ जनाको ‘पण्डाल’ भत्किदाँ मृत्यु


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको राजस्थानस्थित बाडमेरमा तिब्र गतिमा आएको आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै मानिस घाइते भएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार सयौंको संख्यामा मानिसहरु एक धार्मिक कार्यक्रमका लागि जम्मा भएका थिए ।

उक्त कार्यक्रमका लागि लगाइएको पण्डाल(एक प्रकारको टेन्ट) खसेको थियो । घाइते भएका केही मानिसको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार जसोल गाउँको धाममा धार्मिक कथाका लागि ठूलो पंडाल लगाइएको थियो ।

आइतबार दिउँसो तीब्र गतिमा आएको आँधी र पानीका कारण पांडालको केही हिस्सा खस्न पुग्यो । त्यसक्रममा भागदौड भएको थियो । त्यस समय पाण्डालमा १० भन्दा धेरै मानिस थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति शोक व्यक्त गरेका छन् ।

राजस्थानका मुख्यमन्त्रीले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेको उपचार राज्य सरकारले गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ५७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल