ट्रम्प अर्को साता दक्षिण कोरिया भ्रमणमा जाने « Khabarhub

ट्रम्प अर्को साता दक्षिण कोरिया भ्रमणमा जाने


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वशिंटन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका राष्ट्रपति ट्रम्प दुई दिने दक्षिण कोरिया भ्रमणका लागि आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा त्यहाँका राष्ट्रपति मुन जाए इनसँग पनि भेटवार्ता गर्नेछन् । दुई नेताबीचको भेटवार्ताका क्रममा कोरियाली प्रायद्विपलाई आणविक निशस्त्रीकरण गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

उनले दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर तथा दक्षिण कोरियालाई छुट्याउने असैनिक क्षेत्रको अवलोकनका लागि समेत जाने कार्यक्रम छ । सन् २०१७ मा दक्षिण कोरियाको भ्रमणमा गएका ट्रम्पले त्यसबेला नै असैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेपनि भारी तुवाँलोका कारण त्यसतर्फ गएका थिएनन् ।

अमेरिका र उत्तर कोरियाबीच आणविक निशस्त्रीकरणको दिशामा पहल हुन नसकिरहेका बेला हालै ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पत्र लेखेको समाचार सार्वजनिक भएपछि कोरियाली वार्ता अघि बढ्ने आशा पलाएको बताइएको छ । त्यसलगत्तै हुन लागेको ट्रम्पको दक्षिण कोरिया भ्रमणलाई भने निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  २ : ५० बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल