सुदूरपश्चिमका तराईका जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन अपिल | Khabarhub Khabarhub

सुदूरपश्चिमका तराईका जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन अपिल


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका तराईका जिल्लामा हावाहुरीसहित मेघ गर्जन हुने सम्भावना भएका कारण सतर्क रहन अपिल गरेको छ ।

उत्तर प्रदेशबाट नेपालको सुदुर पश्चिमतिर अगाडि बढिरहेको घना बादलको कारण सुदुर पश्चिमको केही भागमा हावाहुरि सहित मेघ गर्जनको सम्भावना अधिक रहेको मौसम पूर्वानुमान शाखाले अनुमान गरेको छ ।

तीन दिनको मौसमको अवस्था यस्तो छ-

दिउँसो: देशैभरि आंशिक देखि सामान्य बदली रही पुर्वका र पश्चिमका केहि स्थानहरु साथै मध्यका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पूर्वका केही स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार १० गते (मंगलबार )

दिउँसोः देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केही स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदलि भइ पुर्व र पश्चिमका केहि स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार ११ गते (बुधबार )

दिउँसोः देशैभरि सामान्य बदलि भइ देशका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ३ : ५२ बजे

एसीसी यु-१६ सेमिफाइनलः मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा