बंगलादेशमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

दुर्घटनाग्रस्त रेल सिलेट शहरबाट राजधानी ढाकाका लागि प्रस्थान गरेको थियो । स्थानीय समयानुसार आइतबार राति लिकबाट बाहिरिएपछि रेल दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

पछिल्लो केही दिन यता सिलेट र ढाका जोड्ने प्रमुख पुल भत्केपछि रेलमा यात्रुको चाप बढि हुने गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । रेल दुर्घटना भएपछि छानबिनका लागि समितिसमेत गठन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ३ : ४२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र