गलबन्दीपछि अर्को गीतबाट पनि भाइरल बनिन् अञ्जली अधिकारी « Khabarhub

गलबन्दीपछि अर्को गीतबाट पनि भाइरल बनिन् अञ्जली अधिकारी


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोडल अञ्जली अधिकारी पछिल्लो समय एकपछि अर्को गरी सफलता बटुलिरहेकी छिन् । प्रकाश सपुतको गलबन्दीमा भाइरल बनेकी अञ्जली पुनः अर्को गीतमा पनि रातारात हिट बनेकी छिन् ।

गलबन्दी अघि उनको अभिनय रहेको बोल माया गीत हिट बनेको थियो । उनको रुपसँगै अभिनयमा दर्शकहरु मन्त्रमुग्ध बन्ने गरेका छन् । विगत १२ वर्षदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा क्रियाशिल गायक रामकुमार कार्कीको पछिल्लो गीतमा पनि मोडल अन्जली अधिकारीको नै अभिनय रहेको छ । केही दिन अघि मात्र बजारमा आएको ‘कोईली चरी’ बोलको गीतबाट पनि अन्जलीको खुबै तारिफ हुन थालेको छ ।

गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् । डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : ११ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल