सांसदहरुको शंका : काठमाडौं–निजगढ द्रुतमार्ग समयमै सम्पन्न नहुने देखियो « Khabarhub

सांसदहरुको शंका : काठमाडौं–निजगढ द्रुतमार्ग समयमै सम्पन्न नहुने देखियो


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय समितिले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिले आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारको पनि ध्यानाकर्षण गराएको छ ।

समितिको सोमबारको बैठकमा आयोजनाका प्रमुख सरदलाल श्रेष्ठले डिपीआर मन्त्रिपरिषद बैठकबाट स्वीकृत नभएकाले आयोजनाको पुल र सुरुङ निर्माणको कामलाई अघि बढाउन समस्या भएको जानकारी गराएका थिए । आयोजनाको पछिल्लो कार्य प्रगति विवरणलाई हेरेपछि समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । उनले मन्त्रिपरिषद बैठकमा पेश भएको आयोजनाको डिपीआर तत्काल स्वीकृत गरी नेपाली सेनालाई दिन पनि समितिले सरकारलाई सचेत गराएको बताइन् ।

बैठकमा समितिका सदस्यहरुले आयोजनाको लागत र समय दुवै बढ्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘नेपाली सेनाले आगामी २ वर्ष भित्र आयोजना निर्माणको काम सम्पन्न गर्न सक्दैँन’, समितिका सदस्य गणेश पहाडीले भने, ‘अहिलेसम्म पुल र सुरुङ निर्माणको काम सुरु नभएकाले पनि आयोजनाको काम आगामी २ वर्ष भित्र नेपाली सेनाले सम्पन्न गर्न नसक्ने मेरो निष्कर्ष छ ।’

समितिका अर्का सदस्य जिपछिरिङ लामाले आयोजनाको काम आगामी ५ वर्ष भित्र पनि नेपाली सेनाले सम्पन्न गर्न नसक्ने दावी गरे । उनले नेपाली सेनाले हालसम्म गरेको काम सन्तोषजनक नरहेको उल्लेख गर्दै त्यसको लागत पनि बढेर जाने चिन्ता व्यक्त गरेका छन् ।

यता, आयोजनाको हालसम्मको कार्यप्रगति विवरण समितिमा पेश गर्दै आयोजना प्रमुख एवम् नेपाली सेनाका उपरथी श्रेष्ठले डिपीआर स्वीकृतिमा ढिलाई भए आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जानकारी गराएका थिए । उनले सुरुङ र पुल निर्माणको कामबाहेक अन्य कामलाई भने द्रुत गतिका साथ अघि बढाइएको पनि बताए ।

नेपाली सेनाले सुरुङ निर्माणका कारण आयोजनाको लागत बढ्न सक्ने पनि अनुमान गरेको छ । २०७८ साल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको लागत बढेर पौने २ खर्ब पुग्ने नेपाली सेनाको अनुमान छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : ०९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन