विप्लव समूहमा लागेको आरोपमा फिल्म ‘मालिका’ का निर्माता पक्राउ « Khabarhub

विप्लव समूहमा लागेको आरोपमा फिल्म ‘मालिका’ का निर्माता पक्राउ


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीरः नरबहादुर कार्कीको फेसबूकबाट

काठमाडौं – चलचित्र ‘मालिका’ का निर्माता नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीमा आवद्ध भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

कार्कीलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख सहकुलबहादुर थापाले कार्कीलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले कार्की केही महिनाअघि विप्लव माओवादीमा प्रवेश गरेको दाबी गरेको छ । कार्कीले नायिका रेखा थापासँग मिलेर फिल्म ‘मालिका’ निर्माण गरेका थिए । सामाजिक सञ्जालमा कार्कीले सरकारलाई लक्षित गर्दै विभिन्न स्टाटसहरु पोस्ट गर्दै आएका थिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ०३ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री