विप्लव समूहमा लागेको आरोपमा फिल्म ‘मालिका’ का निर्माता पक्राउ « Khabarhub

विप्लव समूहमा लागेको आरोपमा फिल्म ‘मालिका’ का निर्माता पक्राउ


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीरः नरबहादुर कार्कीको फेसबूकबाट

काठमाडौं – चलचित्र ‘मालिका’ का निर्माता नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीमा आवद्ध भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

कार्कीलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख सहकुलबहादुर थापाले कार्कीलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले कार्की केही महिनाअघि विप्लव माओवादीमा प्रवेश गरेको दाबी गरेको छ । कार्कीले नायिका रेखा थापासँग मिलेर फिल्म ‘मालिका’ निर्माण गरेका थिए । सामाजिक सञ्जालमा कार्कीले सरकारलाई लक्षित गर्दै विभिन्न स्टाटसहरु पोस्ट गर्दै आएका थिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ०३ बजे

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको