तियानआन्मेन नरसंहारमा जोडिएका चिनियाँ नेता पेङ्गको निधन « Khabarhub

तियानआन्मेन नरसंहारमा जोडिएका चिनियाँ नेता पेङ्गको निधन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका पूर्वप्रधानमन्त्री ली पेङ्गको निधन भएको छ । उनको ९० वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

पेङ्गको बुढ्यौलीका कारण वा अन्य कुनै रोगका कारण निधन भएको भन्ने चाँही खुलाइएको छैन ।

चीनको प्रधानमन्त्री भएका बेला पेङ्ग सन् १९८४ मा नेपाल भ्रमणमा आएका थिए। उनी सन् १९८० र १९९० को दशकसम्म प्रधानमन्त्रीसहित विभिन्न शीर्ष तहमा बसेर काम गरेका थिए ।

सन् १९८९ मा बेइजिङको तियानआन्मेन स्क्वाएरमा प्रजातन्त्र पक्षधरहरू माथि भएको दमनका लागि उनी ‘बुचर अफ बेइजिङ’को नाममा सबैभन्दा बढि चिनिने बीबीसीले उल्लेख गरेको छ ।

तियानआन्मेन घटनामा सेनाले सयौं निशस्त्र नागरिकहरूको हत्या गरेको थियो। तर पेङ्गले साँच्चिकै सेनालाई आदेश दिएका थिए वा थिएन भन्ने चाहिँ स्पष्ट छैन।
सन् २०१७ मा सार्वजनिक केही अभिलेखका अनुसार सो घटनामा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भनिएपनि संख्या अझै एकीन र स्पष्ट छैन ।

चीनमा शासन गर्ने कम्युनिस्ट पार्टीले सो घटनाको उल्लेख गर्न पनि निषेध गर्ने गरेको छ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ६ : ५५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र