तियानआन्मेन नरसंहारमा जोडिएका चिनियाँ नेता पेङ्गको निधन « Khabarhub

तियानआन्मेन नरसंहारमा जोडिएका चिनियाँ नेता पेङ्गको निधन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका पूर्वप्रधानमन्त्री ली पेङ्गको निधन भएको छ । उनको ९० वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

पेङ्गको बुढ्यौलीका कारण वा अन्य कुनै रोगका कारण निधन भएको भन्ने चाँही खुलाइएको छैन ।

चीनको प्रधानमन्त्री भएका बेला पेङ्ग सन् १९८४ मा नेपाल भ्रमणमा आएका थिए। उनी सन् १९८० र १९९० को दशकसम्म प्रधानमन्त्रीसहित विभिन्न शीर्ष तहमा बसेर काम गरेका थिए ।

सन् १९८९ मा बेइजिङको तियानआन्मेन स्क्वाएरमा प्रजातन्त्र पक्षधरहरू माथि भएको दमनका लागि उनी ‘बुचर अफ बेइजिङ’को नाममा सबैभन्दा बढि चिनिने बीबीसीले उल्लेख गरेको छ ।

तियानआन्मेन घटनामा सेनाले सयौं निशस्त्र नागरिकहरूको हत्या गरेको थियो। तर पेङ्गले साँच्चिकै सेनालाई आदेश दिएका थिए वा थिएन भन्ने चाहिँ स्पष्ट छैन।
सन् २०१७ मा सार्वजनिक केही अभिलेखका अनुसार सो घटनामा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भनिएपनि संख्या अझै एकीन र स्पष्ट छैन ।

चीनमा शासन गर्ने कम्युनिस्ट पार्टीले सो घटनाको उल्लेख गर्न पनि निषेध गर्ने गरेको छ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ६ : ५५ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी