नाटक देखाउन जर्मनी गएका तीन कलाकार उतै भागे « Khabarhub

नाटक देखाउन जर्मनी गएका तीन कलाकार उतै भागे


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाटक देखाउन भन्दै जर्मनी पुगेका नेपाली कलाकार उतै भागेका छन्। पोखराको युथ क्रिएसन थिएटरका तीन जना कलाकार उतै भागेका हुन् ।

सँगै गएका अरु कलाकार फर्किए पनि तीन जना भने उत्तै भागेको थिएटरका सचिव सौगात पोखरेलले पुष्टि गरे । उनले भने, ‘जर्मन उड्ने बेला ती कलाकारसँग ६ देखि ११ दिनसम्मको भिषा थियो। दुई शो प्रस्तुती थियो । एउटा शो केही कलाकारले गरिरहेका बेला उनीहरु भने आफ्नो सामान होटेलमै छोडेर भागेछन् ।’

उनले भने, ‘जे गरे बेठीक गरे। संस्थाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर लगेका थियौं। अब नियतै खराब भएपछि के लाग्छ र ? हामीमाथि विश्वासघात गरेर तनाव दिए ।’

कलाकार हराएपछि खोजीका लागि थिएटरले जर्मनस्थित प्रहरी र जर्मनका लागि नेपाली राजदूतावासमा उजुरी दिएको उनले बताए । उनीहरु उत्तै लुकेपछि फर्किएका कलाकारहरले बदनाम भयो भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

वर्षेनी हुने ‘अन्तर्राष्ट्रिय लोकसाहित्य महोत्सव’का लागि कलाकारको टोली जर्मनी पुगेको थियो । गत असार १८ मा १२ कलाकार जर्मनी हिँडेका थिए। तर फर्किनेबेलामा ३ जना त्यहीँबाट फरार भए ।

पोखराबाट थिएटरका अध्यक्ष तथा निर्देशक कपिल शर्मा, सचिव सौगात पोखरेल, नाटकका लेखक केदार पौडेल, कलाकारहरु सम्झना अधिकारी शर्मा, संरचना पौडेल, मधुसूदन पौडेल, विमल पौडेल, शर्मिला बस्नेत, लक्ष्मण डुम्रे, रामहरि अधिकारीका साथमा काठमाडौंबाट सरोज अर्याल, सन्दीप डंगोल टोलीमा थिए।

तर, नाटक टोलीका तीन जना मधुसूदन पौडेल, संरचना पौडेल र शर्मिला बस्नेत जर्मनीमै भागेका थिए । यसरी कार्यक्रम लिएर विदेश जाने र उत्तै भाग्ने घटना यो नौलो होइन, अमेरिका, युरोपतिर भागेर बसेका कलाकारको संख्या धेरै छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ५८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी