३० वर्ष कटेपछि महिलाले अनिवार्य गराउनुपर्ने ५ परीक्षण « Khabarhub

३० वर्ष कटेपछि महिलाले अनिवार्य गराउनुपर्ने ५ परीक्षण


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ ।

पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुन्छन् ।उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडित हुने गर्छन्।

त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन् । पछिल्लो समय कतिपय महिला पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, हड्डी खिइने, थाइराइडजस्ता रोगबाट ग्रसित हुने गरेका छन् ।

यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अकालमै ज्यान गुमाउन बाध्य छन्। समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ।

परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक छ।

मेमोग्रामः पछिल्लो समय महिलामा स्तन क्यान्सरको खतरा बढ्दै गएको छ।स्तन क्यान्सर तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ। यो विधिबाट स्तनको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट : पाठेघरको क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्तन क्यान्सरपछि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर। प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको योनीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पीडा महसुस हुँदैन।

थाइराइड टेस्ट : अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ। थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ।

एचपीवी भाइरस टेस्ट : एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै खतरनाक भाइरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो। कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन। प्रायजसो यौन सम्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ।

बोन डेन्सिटी टेस्ट : उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ । शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन् । शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ । आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ। त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ११ बजे

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?

 काठमाडौं– जेन-जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन– जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका

दोस्रो आर्थिक गणना सुरु 

काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी– पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्नै भवनबाट सेवा दिन