सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित « Khabarhub

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका रहेका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिइन् ।

उनले भनिन्, ‘अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका रहेका छन् । २०८१ सालमा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए । पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ ।’

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ ।

‘कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ’, उनले भनिन् ।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ । २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ७ : ५५ बजे

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

सप्तरी– सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ ।

काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ उपत्यकाको बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

काभ्रे– काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न संयुक्त पहल

भोजपुर– भोजपुरको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

सुर्खेत- कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई